एसइइको नतिजा शुक्रबार आउने सम्भावना

२०७४ असार १ बिहीबार १७:१३:०० मा प्रकाशित

 कमल न्यौपाने - भक्तपुर, 2 असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा शुक्रबार दिउँसोसम्म सार्वजनिक हुने सम्वध्द स्रोतले बताएको छ ।  यसका लागि तयारी अन्तिम चरणमा पुगिसकेको थाहा भएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले पनि शुक्रबार नतिजा सार्वजनिक गर्नका लागि कार्यालयले  तथ्याङ्क प्रशोधन र रुजूको काम पुरा गरिसकेको सरल पत्रिकालाई  बताएका छन् । 

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका एलएलसी भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागि भएको उनले बताएका छन् ।
 

ताजा खबर