सलमान खानको नाममा ठगी गर्ने दुई पक्राउ

२०७६ बैशाख २२ आइतबार १२:५९:०० मा प्रकाशित

एजेन्सी । बलिउड स्टार सलमान खानको नाममा टिकेट बेचेर ठगी गर्ने दुई भारतीय नागरिक यूपीमा पक्राउ परेका छन् ।

भारतमा फिल्म स्टारको क्रेज ठुलो मात्रामा छ । सलमान खान जस्तो स्टारको नाममा ठुलो पैसा खर्चिन भारतीयहरु सधैं तल्लिन हुन्छन् ।

ती दुई भारतीयहरुले सलमान खानले उत्तर प्रदेशमा कार्यक्रम गर्न लागेको भन्दै पोष्टरहरु टाँसेर भारु ७५० देखि २५०० सम्मको टिकटहरु बेचेका थिए । सलमान खानको नाम जोडिएपछि सहजै टिकट बिक्ने भएपछि ठगहरुले यस्तो तरिका अपनाएको बुझिएको छ ।

यसअघि सलमान खानले कार्यक्रम गर्न लागेको भन्दै थुप्रै पोष्टरहरु सार्वजनिक भएपछि उक्त कार्यक्रमको खबर चर्चामा आएको थियो । सलमान खानले आफ्नो ट्वीटर एकाउन्ट मार्फत् आफु र आफ्नो संस्था बिइङ ह्युमनले त्यहाँ कुनै त्यस्तो कार्यक्रम गर्ने तालिका नरहेको स्पष्ट पारेका थिए ।

उनको ट्वीट आएसँगै यूपी प्रहरीले उक्त घटनामा अनुसन्धान गर्दै हेमन्त सिंह र रविन्द्र नाम गरेका दुई व्यक्तिलाई पक्राउ पक्राउ गरेको छ । ठगीमा संलग्न तेश्रो व्यक्ति अभिषेक नाम गरेका व्यक्ति भने फरार रहेको बताइन्छ । प्रहरीले अभिषेकको विवरण पाइसकेको र छिट्टै पक्राउ पर्ने बताएको छ ।

प्रहरीका अनुसार ठगी गर्ने उद्देश्यले यस समुहले सलमान खानको संस्था बिइङ ह्युमन फाउन्डेसनको नाममा नक्कली वेबसाइट बनाएर ठगी गरेका थिए । यसै साइट मार्फत् यिनीहरुले टिकट बेचेको खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले पैसा कमाउन यस्तो धन्धा गरेको स्वीकार गरेका छन् । यसबारे सलमानले थाहा नपाएका भए ठुलै रकम हात पार्न सक्ने देखिएको पनि प्रहरीले बताए ।

 

ताजा खबर