यी चर्चित नायिका बनिन् प्रियंका चोपडाको जेठानी

२०७६ बैशाख २० शुक्रबार १२:५५:०० मा प्रकाशित


एजेन्सी । चर्चित टिभी सिरियल गेम अफ थ्रोन्स कि नायिका सोफी टर्नरले गायक जो जोनाससँग विवाह गरेकी छिन् । टर्नरले उक्त सिरियलमा सान्सा स्टार्कको भुमिका निभाएकी थिइन् ।

२३ वर्षिय बेलायती नायिका टर्नर र २९ वर्षिय जो जोनासले लास भेगासमा बिहे गरेको बताइन्छ । जो जोनास नातामा बलिउड नायिका प्रियंका चोपडाको जेठाजु पर्छन् । जो का भाइ निक जोनासले प्रियंका सँग हालसालै विवाह गरेका हुन् । निकले आफुभन्दा ९ वर्ष जेठी नायिका चोपडासँग विवाह गरे भने उनका दाइ जो ले आफभन्दा ६ वर्ष कान्छी सोफीसँग विवाह गरेका हुन् ।

दाजु जो को श्रीमती सोफी र भाइ निकको श्रीमती प्रियंका भएकाले सोफी र प्रियंका नातामा देउरानी–जेठानी भएका छन् ।

जो र सोफीले सन् २०१७ मै इन्गेजमेन्ट गरेका थिए भने अहिले सबैलाई आश्चर्य पार्दै विवाह गरेको बताइन्छ । उनीहरुले ‘सिक्रेट वेडिङ’ गरेको सीएनएनले उल्लेख गरेको छ ।

टर्नरले यसअघि आफु आजिवन अविवाहित रहने बताएकी थिइन् । जो सँगको भेटपछि उनले आफ्नो उत्कृष्ट एक भेटिएको कारण आफु विवाहको लागि तयार भएको बताइन् ।

 

ताजा खबर