कंगनाको बहिनीको आरोपबारे यसो भन्छन् महेश भट्ट

२०७६ बैशाख १९ बिहीबार १२:५६:०० मा प्रकाशित

एजेन्सी । बलिउड निर्माता तथा निर्देशक महेश भट्ट विभिन्न समाचारको कारण चर्चाको केन्द्रविन्दु मै हुन्छन् । ७० वर्षको उमेरमा पनि विभिन्न फिल्म निर्माण लागेका उनी निर्देशकको हैसियतमा आफ्नो पुरानो फिल्म ‘सडक’ को सिक्वेल बनाउने खबरले पुनः चर्चित भएका छन् ।

पछिल्लो समय नायिका कंगना रनौटले महेश भट्ट, उनको श्रीमती सोनी राजदान र छोरी आलीया भट्ट विरुद्ध नियमित रुपमा भनाइहरु राख्दै आएकी छिन् ।

यसबाहेक उनकी बहिनी रंगोली चण्डेलले अनेक आरोप लगाएपछि पनि मिडिया ध्यान महेश भट्टतिर केन्द्रित भएको थियो ।
 
रंगोलीले महेश भट्टले आफ्नी दिदी कंगनालाई नराम्रो व्यवहार गर्दै चप्पलले हानेको बताएकी थिइन् । उनले ट्वीटमा लेख्दै भनेकी थिइन्, ‘कंगनाले महश भट्टको फिल्म ‘धोखा’ मा आत्मघाती बम विस्फोटकको भुमिकामा काम गर्न अस्वीकार गरेको रिसमा भट्टले कंगनालाई अफिसमा गाली मात्र गरेनन् , ‘वो लम्हे’ को प्रिभ्यु हेर्न जाँदा चप्पलले झटारो हानेका थिए । आफ्नो फिल्म हेर्न नपाएपछि कंगना रातभरी रोइकी थिइन् । उनी त्यति बेला १९ वर्षकी मात्र थिइन् ।’

रंगोलीको यस्तो आरोपपछि सामाजिक संजालमा यस विषयमा थुप्रै चर्चा चलेको थियो । एक हप्ता भन्दा अगाडी यसरी आरोप आएको विषयमा कुराकानी गर्दै भट्टले कंगना तथा उनको बहिनीले लगाएको आरोप अस्वीकार गर्दै उनले आफु ति बच्ची विरुद्ध केही नबोल्ने बताए ।

सोनी राजदानको फिल्म ‘योर्स ट्रुली’ को स्क्रीनिङ पछि पत्रकारहरुले सोधेको प्रश्नमा महेश त्यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मेरो नैतिकताले दिएअनुसार मैले आफ्नो बच्चाहरु विरुद्ध बोल्नु हुँदैन । कंगना मेरो बच्चा हुन् ।  मैले उनीबारे बोलें भने तपाईं (पत्रकार) हरुको उद्देश्य त पूर्ती होला, तर यसले हाम्रो जीवनमा गम्भीर प्रश्न उठ्छ ।’

उनले थपे, ‘कंगना सानै छिन्, उनले मसँगै बलिउडको यात्रा शुरु गरेकी हुन् । यदि उनको आफन्तले केही बोलेको भए, फेरी मैले त्यसमा बोलेमा यो विषय लम्बीन्छ मात्र । म जबसँग जिउँदो हुन्छु , म आफ्नो बच्चाहरुप्रति केही बोल्दिन ।’

 

ताजा खबर