नायिका कीयरा आडवाणीले र्याप गाउँदै कपाल काटेपछि...

२०७६ बैशाख १८ बुधबार १३:१२:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायक नायिकाले सामाजिक संजालमा अनेक हर्कत गर्नु सामान्य जस्तै भइसक्यो । कहिले विवादास्पद भनाइ राखेर वा विवादास्पद काम गरेर भएपनि यि सेलिब्रेटीहरुले सामाजिक संजाल तताइरहन्छन् ।

पछिल्लो समय नायिका कीयरा आडवाणीको एक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । मंगलबार बिहान कीयराले र्याप गाउँदै आफ्नो कपाल काटेको छोटो भिडियो इन्स्टाग्राममा राखेकी छिन् ।

धेरैले उनले यो काम रिसको झोंकमा गरेको बताएका छन् । उनले आफ्नो भिडियोको शिर्षक उनले यस्तो लेखेकी छिन् , ‘दोषी पाइयो । लामो समयसम्म कपालको उचित हेरचाह नगरेकोले यहि मात्र उपाय बाँकि रह्यो, अब यसलाई काटिदिनु छ । ’

उनले भिडियोमा आफ्नो व्यस्त जीवनशैली र कपालमा तेल नलगाउने गरेको कारण आफ्नो कपाल छोटो बनाउन लागेको भन्दै र्याप गाएकी छिन् ।

उनले भनेकी छिन्, ‘मलाई मेरो कपाल मनपर्छ । कसलाई मन नपर्ला ? तर मेरो व्यस्त समयतालिकाको क्रममा कपाललाई स्टाइलिस बनाउन प्रयोग हुने वस्तुहरु र निरन्तरको तापक्रमका बावजुद मसँग कपालको स्याहार गर्ने समय छैन । मेरो जीवको अन्य पक्षमा आधुनिक भएपनि सुन्दरताको विषयमा मलाई परम्परागत तरिका नै मन पर्छ । ’

उनले थपिन्, ‘म अब यसलाई मिलाएर बस्न सक्दीन । त्यहि भएर मैले यसलाई (कपाललाई) काट्ने नै निर्णय गरें । अब हेरौं नयाँ लुक्स कत्तिको सुहाउने हो ।’
उनको उक्त भिडियो हेर्ने धेरैजना अचम्मित भएका छन् । कतिपयले उनि रिसाएर यस्तो गरेको भने । त्यस्तै कतिपयले यसलाई गलत कदम भनेका छन् । यद्यपी कतिपयले उनलाई छोटो कपाल अझै सुहाउने पनि भनेका छन् ।

नायिका कीयरा अहिले फिल्म ‘गुड न्यूज’ मा दिलजित दोसान्झसँग काम गरिहेकी छिन् भने ‘कबिर सिंह’ मा शाहिद कपूरसँग काम गरिरहेकी छिन् ।  

 

ताजा खबर