रणबीरसँगको ब्रेकअपबारे यसो भन्छिन् केटरीना

२०७६ बैशाख १६ सोमबार १२:५६:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक नायिका प्रेममा पर्नु र ब्रेकअप हुनु सामान्य जस्तै हुन थालेको छ । दैनिक जसो नयाँ प्रेम जोडी बनेको र टुटेकोे चर्चा चलेसँगै यि घटना सामान्य लाग्न थालेको बताइन्छ ।

कतिपय प्रेम सम्बन्धहरु शुरु भएको र अन्त्य भएको नै थाहा हुँदैन भने केही सम्बन्धहरु अति चर्चित हुन्छ । यस्तै चर्चित सम्बन्ध थियो नायिका केटरीना कैफ र नायक रणबीर कपूरको ।

सुखद अन्त्य हुन नसकेको यस सम्बन्धबाट दुबैलाई मानसिक क्षति पुगेको बताइन्छ । यस सम्बन्धका कारण रणबीरलाई कतिपयले नराम्रो व्यक्तिको रुपमा चित्रित गरेपनी उक्त सम्बन्धको अन्त्य केटरीनाको कारण भएको खुलेको छ ।

केटरीनाले ब्रेकअप भएको धेरैपछि उक्त घटनाबारे बालेकी छिन् । उनले ब्रेकअपको पुरै जिम्मेबारी आफुले लिएको बताइन् । उनले आफु अघि बढ्न ब्रेकअप गुर्नपर्ने भएकाले आफुले रणबीरसँगको सम्बन्ध टुंग्याएको बताइन् ।

उनले आफ्नो सामु केही गम्भिर समस्या आएको तर त्यसको जिम्मेबार भने आफु नरहेको बताइन् । आफुले रणबीरको लागि धेरै गरेको केटरीनाले बताइन् र भनिन्, ‘उसले आफुलाई आफ्नो पहिचान दिलाउन नसक्ने भएकोले मैले सम्बन्धमा पूर्णविराम लगाएको हुँ ।’

केटरीनासँगको सम्बन्ध टुंगिएका रणबीर अहिले नायिका आलीया भट्टसँग प्रेम सम्बन्धमा आबद्ध छन् । छिट्टै नै उनीहरुको विवाह हुने हल्ला बाहिरिएको छ ।

त्यस्तै नायिका केटरीना पनि अहिले फिल्महरुमा व्यस्त छिन् । उनी हाल सलमान खानको फिल्म ‘भारत’ मा काम गरिरहेकी छिन् । उक्त फिल्मपछी उनले रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ मा काम गर्ने पक्का भइसकेको छ ।

 

ताजा खबर