महेश भट्टको फिल्ममा नायिका बन्दै छोरी आलीया

२०७६ बैशाख १६ सोमबार ११:४५:०० मा प्रकाशित


एजेन्सी । सन् १९९९ मा फिल्म ‘कारतुश’ बनाएयता निर्देशकको हैसियतमा फिल्म नबनाएका महेश भट्ट निर्देशनको काममा बलिउडमा फर्किदै छन् ।
महेशले आफ्नो सफल फिल्म ‘सडक’ को सिक्वेल बनाउने बताइएको छ ।

फिल्म ‘सडक’ सन् १९९१ मा रिलिज भइ हिट भएको फिल्म थियो । उक्त फिल्ममा महेशकी जेठी छोरी पुजा भट्ट र संजय दत्तको मुख्य भुमिका थियो ।

पछिल्लो समय संजय दत्तले नै महेशलाई यस फिल्मको सिक्वेल बनाइ निर्देशकको रुपमा बलिउडमा आउन उत्प्रेरणा दिएको बताइन्छ । उक्त फिल्ममा नायिका भने महेशकी कान्छी छोरी आलीया भट्ट हुने पक्का भइसकेको बताइएको छ ।

पितासँग काम गर्ने खबर प्रति प्रतिक्रिया दिंदै आलीयाले आफु उक्त फिल्मको लागि उत्साहित रहेको बताइन् । उनले अहिलेसम्म आफुले महेश भट्टलाई पिताको रुपमा मात्र चिनेको अब निर्देशकको रुपमा पनि अनुभव गर्न लागेको बताइन् ।

उनले यो फरक अनुभव हुने तथा चुनौतिपूर्ण हुने बताइन् । तर यसको लागि उनी तयार रहेको पनि खुलासा गरेकी छिन् ।

महेशले यो फिल्म बनाएमा उनको र छोरी आलीयाको यो पहिलो फिल्म हुनेछ ।  

 

ताजा खबर