सभामुख महरालाई झस्काइरहने त्यो तस्विर

२०७६ बैशाख १६ सोमबार ०७:२४:०० मा प्रकाशित

काठमाडौं । केही वर्ष पहिला सभामुख कृष्णबहादुर महराको क्रिश्चयनसँग जोडेर एउटा फोटो सार्वजनिक भयो । उनले क्रिश्चियन बन्न 'बप्तिसा' गरेको भन्दै त्यो फोटो भाइरल बनाइयो । त्यही प्रकरणले नै सभामुख महरालाई सदैव भुत बनाएर तर्साइरहन्छ । उनलाई इसाइ भएको बिल्ला लगाइरहिन्छ । यसैको उनी पटकपटक शिकार बन्दै आएका छन् ।

कोही पनि व्यक्ति कुनै पनि धर्म मान्न स्वतन्त्र छ । धर्म नमान्न पनि स्वतन्त्र छ । व्यक्तिगत र सार्वजनिक रुपमा बेदख्खल हुँदैन भने यो विषयमा कसैको पछि लाग्नु धेरै अर्थ पनि हुँदैन । महरालाई इसाईको पक्षमा लागेको र उसको हितमा जोडिएको भनेर निरन्तर प्रहार भएकोमा महरा हैरान नै भएका छन् । 


वैशाख १० गते दाङमा इसाईकरणको अभियानमा लागेका एक अमेरिकी नागरिकसहित केही व्यक्ति पक्राउ परे । 


इसाईकरणका लागि अमेरिकी नागरिकसहित महराले निर्वाचन लडेको जिल्ला दाङमा गिरफ्तार व्यक्तिलाई छाड्न सभामुख कृष्णबहादुर महराले दवाव दिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई पहिला सभामुख महरा र पछि दाङको प्रहरी कार्यालयले वक्तव्यमार्फत् खण्डन गरेका छन् । उनीहरुलाई छाड्न सभामुखबाट दवाव नआएको वक्तव्यमा जनाइएको छ । 


प्रहरीले आफ्नो वक्तव्यमा भनेको छ, केही दिनअघि धर्म परिवर्तन गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका थिए ।  झिल्को डटकमको समाचार अनुसार, उनीरुलाई छुटाउन दबाब आएको भन्दै केही अनलाइनले समाचार बनाएका थिए । उक्त घटनामा कोही कसैबाट फोन आएको छैन । 

ताजा खबर