१७ वर्षपछि शाहरुख र भंशाली एउटै फिल्ममा

२०७६ बैशाख १५ आइतबार १०:५९:०० मा प्रकाशित

एजेन्सी । १७ वर्षअघि बलिउडमा फिल्म ‘देवदास’ मा सँगै काम गरेका नायक शाहरुख खान र निर्देशक तथा निर्माता संजय लिला भंशालीले मिलेर फेरी एउटा फिल्म बनाउन लागेको थाहा भएको छ ।

पछिल्लो समय हिट फिल्म दिन नसकेर दबावमा रहेका शाहरुखले तुलनात्मक रुपमा सफल मानिएका भंशालीसँग मिलेर ‘इजहार’ नामक फिल्म बनाउन लागेको बताइन्छ । फिल्मको उक्त नाम अहिले दर्ता पनि गरिसकेको बताइएको छ ।

शाहरुख खानको आफ्नै प्रोडक्सन रेड चिलिज इन्टरटेन्मेन्ट र भंशाली प्रोडक्सनले संयुक्त रुपमा यस फिल्ममा लगानी गर्ने जानकारी दिइएको छ । फिल्मको कथा वस्तु शाहरुखले पढिसकेको र चित्त बुझेको बताइएको छ ।

फिल्ममा शाहरुखले नै मुख्य भुमिकामा काम गर्ने पक्का भएको छ । फिल्मका काम गर्ने अन्य कलाकार भने छानिने क्रममा रहेको थाहा भएको छ ।

विगतमा सफल भएको यो जोडी हिट फिल्म बनाउने सक्ने आँकलन गर्दै यस फिल्मको चर्चा हुन शुरु भइसकेको छ । फिल्मको कथा वस्तु तथा कहिले सम्म बनिसक्ने भन्ने बारेमा अहिले सम्म केहि खुलाइएको छैन ।

 

ताजा खबर