अक्षय कुमार र अमिताभ बच्चन भूतको फिल्ममा ?

२०७६ बैशाख १३ शुक्रबार १४:०२:०० मा प्रकाशित


एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र नायक अक्षयकुमार एउटै फिल्ममा देखिने भएका छन् । 

भूतको कथामा आधारित तमिल फिल्म कंचनाको रिमेकमा यि दुई नायक सँगै देखिने खबर बाहिरिएको छ । कमेडी र हररको मिश्रण तमिल फिल्म मुनी–२ः कंचना यसअघि व्यापक चलेको थियो ।

सोही कथा वस्तुमा आधारित रहेर हिन्दी रिमेक बन्ने भएकोमा अक्षय कुमार र अमिताभ बच्चनलाई फिल्ममा लिइने बताइएको छ । 

उक्त फिल्मको मुख्य भुमिकामा अक्षय कुमार देखिने भएका छन् । अक्षयको शरिरमा समलिङ्गीको आत्माप्रवेश गर्ने कथा वस्तु रहेको बताइन्छ । आफ्नो मृत्युको बदला लिन अक्षयको शरिरमा प्रवेश गर्ने विषयमै केन्द्रित रहने यो कथा अति रोचक रहेको बताइन्छ । 

हालसम्म बाहिरिएको खबर अनुसार अमिताभ बच्चन ५० वर्षको फिल्मी करियरमा पहिलोपटक समलिङ्गीको भुमिकामा देखिनेछन् । 
 

ताजा खबर