एनबी बैंकको जग्गा खरिदमा अख्तियारको चासो

२०७६ बैशाख १२ बिहीबार १७:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाल बंगालादेश (एनबी) बैंकले केन्द्रीय कार्यालयको भवन बनाउने उद्देश्यले खरिद गर्न लागेको विशालनगरको जग्गामा अख्तियारले चासो देखाएको छ । गत चैत १८ गते लगानीकर्ता एस नारायण पुनले एनबी बैंकले खरिद गर्ने भनिएको जग्गा रोकी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट बैंकमा निवेदन दिएका थिए ।


उनले गत चैत १८ गते अक्तियारमा दर्ता गराएको २३२६६ नम्बरको निवेदनमा केन्द्रीय कार्यालय प्रयोजनका लागि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका विशालनगरस्थित विवादित मुक्ति श्री प्रालीका नाममा रहेको जग्गा क्षेत्रफल सात रोपनी ९ आना एक पैसा तीन दाम जग्गा प्रचलित बजार मूल्य अनुसार प्रतिआना ५५ देखि ६० लाख पर्ने गरेको छ । तर, उक्त जग्गा एनबी बैंकले प्रतिआना ८० लाखमा खरिद गर्न लागेको भनिएको छ । उक्त जग्गा खरिदका सम्बन्धमा सञ्चालक समितिमा सञ्चालकबीच विवाद भई बहुसंख्यक सञ्चालकले खरिद गर्न लागेको भन्ने कुरा सार्वजनिक भएको भनी उक्त निवेदनमा उल्लेख छ ।


बैंकिड क्षेत्रमा लगानी योग्य तरलताको कमि भइ रहेको अवस्थामा एक अर्बको जग्गा खरिद गर्ने कार्य भएको र एक अर्बमा खरिद गरिने जग्गामा भबन बनाउन थप १,२ अर्ब लाग्ने हुँदा पूँजीको २५ प्रतिशत भन्दा बढी घर जग्गा खरिदमा लाग्ने हुँदा सो कार्य नेपाल राष्ट्र बैंकको निर्देशन विपरित हुन जाने कुरा उक्त निवेदनमा उल्लेख गरिएको छ । सञ्चालकहरुबीच समेत जग्गा खरिदमा मत विभाजन भएकाले उक्त जग्गा खरिद गर्ने कार्य तत्काल रोकी पाउँ भन्दै अख्तियारमा आवेदन दिएका थिए । साथै जग्गा खरिद गर्ने कार्यले बैंक भित्र वित्तीय सुशासन कायम भएको नदेखिएको र उक्त जगा खरिद प्रकरणमा चरम आर्थिक चलखेल हुने देखिएकाले सम्बन्धित शीलबन्दी बोलपत्र मुचुल्का उपसमितिको बैठक तथा सञ्चालक समितिको सक्कलै कागजपत्रहरुको जाँच बुझ गरी दोषीलाई तत्कालै कारबाही गर्न पनि अक्तियारमा दर्ता गरिएको उक्त निवेदनमा माग गरिएको छ । पुनको निवेदनका आधारमा अख्तियारले उक्त जग्गामा निगरानी बढाएको हो ।


यही जग्गाको बिषयलाई लिएर एनबी बैंकको सञ्चालक समितिको बैठकमा समेत पटक पटक विवाद हुँदै आएको छ । बैंकको वार्षिक साधारणसभा गर्नु पूर्व अर्थात पुस २५ गते सञ्चालक समितिको बैठक नक्सालको एलिस रेष्टुरेन्टमा बसेको थियो । सोही बैठकमा पनि बैंकको केन्द्रीय कार्यालय बनाउनका लागि उपयुक्त जग्गाका बिषयमा छलफल भएको थियो ।

 
बैंक सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट राखेकै कारण रेष्टुरेन्टमा कार्की कुटिएको थियो । सोहि विमतिका कारण एलिस रेष्टुरेन्टमा आयोजना गरिएको सञ्चालकहरूको भोजमा अपरिचित ब्यक्तिको प्रयोग गरि आफुमाथि कुटपीट भएको कार्कीले लगाएका थिए । 


केही बैंक सञ्चालकले भाटभटेनी नजिकै रहेको अजेयराज सुमार्गीको नौ रोपनी जग्गा किन्न उपयुक्त हुने भन्दै आफ्नो अडान राखेका थिए । उक्त बैठकमा बंगालादेश बैंकका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्कीले उक्त जग्गा खरिद गर्न उपयुक्त नभएको र अन्यत्र खोज्नु पर्ने भन्दै फरक मत राखेका थिए । सोही बिषयलाई लिएर कार्की र बैंकका अन्य सञ्चालकबीच भनाभन भएको थियो । भनाभनले चर्को रुप लिएको थियो । जग्गाकै बिषयले उग्ररुप लिएपछि बैंक सञ्चालक कार्की कुटिन पुगेका थिए । बैंकका अन्य सञ्चालकले मान्छे लगाएर कुटपिट गरेको आरोप कार्कीले लगाएका थिए ।


सञ्चालक कार्कीले पहिलेदेखि नै उक्त स्थानमा बैंकले केन्द्रीय कार्यालय बनाउन नहुने भन्दै फरक मत राख्दै आएका थिए । उनले सञ्चालन समितिको पछिल्लो बैठकमा पनि उक्त स्थानमा केन्द्रीय कार्यालय बनाउन उपयुक्त नभएको भनाइ राखेका थिए । गत मंसिर २८ गतेको सञ्चालक समितिको बैठकमा पनि कार्कीले कार्यालयका लागि खरिद गर्न लागेको नौ रोपनी जग्गा उपयुक्त स्थानमा नरहेको तर्क राखेका थिए । कार्कीले लगानीयोग्य रकम (तरलता) को अभाव भएको बेला ९० करोड रुपैयाँको जग्गा खरिद नगरी अन्य उपयुक्त स्थानमा जग्गा खोज्नुपर्ने भन्दै विमति राख्दै आएका थिए । पछिल्लो समयमा उनले सञ्चालक समितिको निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेख्दै आएका छन् ।


साधारणसभाको अघिल्लो दिन पुस २५ गते साँझ एलिसा रेष्टुरेन्टमा बसेको सञ्चालक समितिको बैठकमा उनले नोट अफ डिसेन्टमाथि छलफल हुनुपर्ने अडान राखेका थिए । फरक मत राखेकै कारण साधारण सभाको अघिल्लो दिन जाँडपार्टी बैठकमा उनी कुटिन पुगेका थिए । बैंक सञ्चालक समितिमा उनलाई अल्पमतमा पारिएको थियो ।


बैंकको सञ्चालक समितिको अध्यक्षमा अहिले जलाल अहमद छन् । अन्य बैंक सञ्चालकमा सर्वसाधारणको तर्फबाट इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुंगेल, दीपक कार्की र आइएफआइसी बंगालादेश बैंकका तर्फबाट एमशाह आलम सरवर तथा क्यारुन नहिर अहमद छन् । बैंकका अन्य सञ्चालक एकातिर र कार्की एक्लै अर्कोतिर छन् । हरेक बैठकमा काकीले अन्य सञ्चालकले भन्दा फरक मत राख्दै आएका छन् । पछिल्लो पटकको सञ्चालक समितिको जाडँपार्टी बैंठकमा पनि फरक मत नै राखेका थिए ।


बैंक सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट राखेकै कारण रेष्टुरेन्टमा कार्की कुटिएको थियो । सोहि विमतिका कारण एलिस रेष्टुरेन्टमा आयोजना गरिएको सञ्चालकहरूको भोजमा अपरिचित ब्यक्तिको प्रयोग गरि आफुमाथि कुटपीट भएको कार्कीले लगाएका थिए । कुटपिटका कारण कार्कीको शरीरमा विभिन्न चोटपटक लागेको थियो । साधारणसभा पूर्व अर्थात पुस २५ गते राती २० हजारको जाँड खाएर कुटपिटमा उत्रेका र कुटपिट हुने गरी खाएको जाँडको बिल २० हजार रुपैयाँ आएको एनबी बैंकमा पेश गरेका थिए ।


प्रकाश खबरका अनुसार, पहिलादेखि नै यस्तै बिवादमा यो बैंक तानिदै आएको छ । यसअघि पनि जितबहादुरको बैंक भनेर ‘कु’ नाम कमाएको थियो । अहिले पनि त्यही धङधङी कायम छ । बैंक अधोगतिमा छ । बैंकले सर्वसाधारणलाई दिने लाभांश पनि घटाउँदै लगेको छ । बोनस र नगद गरेर १५.७५ प्रतिशत लाभांश दिएकोमा अहिले १०.५३ प्रतिशत मात्रै नगद लाभांश दिएको छ । यसअघि अर्थात आर्थिक वर्ष २०७२/०७३ मा ३३.६८ प्रतिशत लाभांश दिएको थियो । खराव कर्जा पनि बढाउँदै लगेको छ ।

ताजा खबर