करीनाले छोरा बिगारेको सैफको आरोप ?

२०७६ बैशाख १२ बिहीबार १३:२०:०० मा प्रकाशित


एजेन्सी । बलिउडकी चर्चित नायिका करीना कपूर खानले आफुलाई सैफले बच्चा बिगारेको भन्ने गरेको खुलासा गरेकी छिन् ।

एक अन्तर्वार्ताको क्रममा करीनाले आफ्नो बच्चालाई हुर्काएको तरिका पूर्ण नभएको सैफले भन्ने गरेको बताएकी छिन् । रमाइलो कुराकानीको क्रममा सैफसँग आफुसँग भन्दा बढि अनुभव भएको कारणले उनी सहि रहेको पनि करीनाले बताइन् । यद्यपी सैफले धेरै कुरामा आफुलाई तरिका नमिलेको र छोरा बिगारेको भन्ने गरेको पनि बताएकी छिन् ।

तैमूरको विभिन्न फोटोहरु सामाजिक संजालमा सार्वजनिक हुने गरेको छ । सोही कारण सानै उमेरमा उनी व्यापक चर्चित छन् ।

करीनाले आफ्नो पति सैफको तारिफ पनि गरेकी छिन् । सैफले आफ्नो कार्य व्यस्तताको बावजुद छोराको लागि समय निकाल्ने गरेको कारण उनी असल पिता बन्न सकेको करीनाको दाबी छ ।

पहिलो विवाह आफुभन्दा निकै जेठी महिला अमृता सिंहसँग विवाह गरेका सैफले अहिले आफुभन्दा उमेरमा निकै कान्छी करीनासँग विवाह गरेयता खुशियाली साथ जिवन व्यतीत गरिरहेको बताइन्छ ।

छोरा तैमुर जन्मेपछि उनको नाम र फोटो सैफले नै सामाजिक संजाल मार्फत् गरेका थिए । पछिल्लो समय पापाराजीले जथाभावी फ्ल्यास बाल्दै आफ्नो छोरोको फोटो खिचेको भन्दै रिसाएका थिए । उनिहरुको कारण छोराको आँखा बिग्रन सक्ने भन्दै रिस व्यक्त गरेपछि धेरैले सैफलाई ‘केयरिङ’ पिता भनेका छन् ।

 

ताजा खबर