श्रीदेवीकी कान्छी छोरीको हिरो पिता बोनी कपूरले छान्ने

२०७६ बैशाख १२ बिहीबार ११:४१:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा स्टार परिवारका सदस्यलाई सहजै भित्र्याउने चलन रहेको छ । स्टार परिवार प्रति दर्शकको उत्तिकै चासो हुने भएकोले फिल्ममा काम गर्ने उमेरका सम्भावित नायक नायिकालाई ‘डेब्यू’ गराउन एक किसिमको प्रतिस्पर्धा नै हुने गरेको छ ।

त्यस्तै स्टार परिवारहरु पनि आफ्ना सन्तानले पहिलो फिल्मबाटै राम्रो गर्न सकुन भनेर आफ्नो चिनजानको प्रयोग गर्दै सबै शक्ति नै लगाउँछन् ।
बलिउडकी प्यारी नायिका श्रीदेवीकी छोरीहरु पनि यसरी नै बलिउडमा स्थापित हुने क्रममा छन् । श्रीदेवीको अचानक मृत्यु भइसकेपछि उनको छोरीहरुप्रति दर्शकको ठुलो चासो रहेको छ । श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरले करन जोहरको फिल्म ‘धडक’ मार्फत् बलिउडमा कदम राखेकी थिइन् ।

स्टार परिवारबाट आएकी कारण उक्त फिल्मबाट २२ वर्षिय जान्हवीको चर्चा ह्वात्तै चुलियो ।

त्यस्तै दिदीकै पथमा लाग्दै श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि बलिउडमा पाइला हाल्ने सुरसारमा छिन् । यसबारे उनले नेहा धुपियाको ‘टक शो’ मा खुलासा गरेकी छिन् ।

उक्त शो मा नेहाले खुशीलाई आफ्नो ‘ड्रिम डेब्यू’ को बारेमा बताउन भनेकी थिइन् । नेहालाई जवाफ दिंदै खुशीले करन जोहरको फिल्मबाट डेब्यू गर्ने बताएकी छिन् । दिदी जान्हवीले पनि उनकै फिल्मबाट डेब्यू गरेको र करन जोहर प्रति आफुले आँखा चिम्लेर विश्वास गर्न सक्ने भएकोले उनले आफ्नो डेब्यू उनकै फिल्मबाट हुने बताएकी हुन् ।

तथापी फिल्मको हिरो भने पिता बोनी कपूरले छान्ने १८ वर्षिय खुशी बताइन् ।

यो भनाइ आएसँगै नेहाले खुशीलाई यसबारे थप प्रश्न गर्दा खुशीले पिता बोनी कपूर आफुप्रति एकदम सुरक्षात्मक भएको बताइन् । मजाकको शैलीमा पिताले आफुलाई कर्फयू नै लगाउने गरेकी पनि उनले सुनाइन् ।

पिताले उनको हरेक गतिबिधी नियाल्ने गरेको पनि उनले खुलासा गरिन् । तर उनले आफ्नो पिता खुला बिचारको मानिस भएकोले आफुलाई सम्भावित ब्वाइफ्रेन्ड हुनु समस्या नरहेको पनि बताइन् ।

 

ताजा खबर