दुई वर्षपछि ‘गुत्थी’ कपिल शर्मा शो मा

२०७६ बैशाख ११ बुधबार १४:१३:०० मा प्रकाशित


एजेन्सी । कुनै समय कमेडियन कपिल शर्माको मनोरञ्जनात्मक कार्यक्रमको अभिन्न अंग बनेका कलाकार सुनील ग्रोवर ‘गुत्थी’ दुई वर्षको अन्तरापछि फेरी उक्त शो मा आउन लागेको बताइन्छ ।

सुनील पुनः ‘गुत्थी’ नै बनेर आउँछन् कि सामान्य रुपमा आउँछन् त्यो हेर्न भने केहि समय कुर्नुपर्नेछ । हालै सलमान खानको फिल्म ‘भारत’ मा काम गरेका सुनील आफ्नो फिल्मको प्रबद्र्धन गर्न कपिल शर्मा शो मा आउने बताइएको हो । यसबारे हालसम्म कुनै औपचारिक घोषणा नगरेपनि भारतीय मिडियाहरुले यसलाई दाबीका साथ समाचार बनाइरहेका छन् ।

कपिल र सुनीलको यसअघि व्यक्तिगत झगडा भएपछि सुनीलले उनीसँग काम  गर्न छोडेका थिए । सुनीलले काम गर्न छोडेसँगै कपिलको शो ओरालो लागेको थियो । अन्तमा शो नै बन्द गर्नु परेपछि कपिल पनि डिप्रेशनमा गएको बताइन्छ ।

केहि समयअघि विवाह गरेका कपिल आफ्नो स्वभावमा व्यापक परिवर्तन गर्दै पहिले मनमुटाव भएको कलाकारहरुलाई आफ्नो शो मा ल्याउन सफल भएपनी सुनील ग्रोवरलाई ल्याउन भने असफल सिद्ध भएका थिए ।

पछिल्लो समय अरबाज खानको ‘टक शो’ मा गएका कपिलले सुनील ग्रोवरको विषयमा पनि कुरा गरेका थिए । कपिलले सुनीललाई पुराना कुरा भुलेर फेरी संँगै काम गर्न प्रस्ताव गरेको तर सुनीलले प्रस्ताव अस्विकार गरेको बताएका थिए । त्यसपछि आवेशमा आएका कपिलले काम गर्न नचाहे ठिकै छ भनेको पनि बताएका छन् । तर आफुलाई सुनिल वास्तवमै मन पर्ने पनि उनले उक्त शो मा बताए ।

यस्तो थियो झगडाको कारण

करिब दुई वर्षअघि अष्ट्रेलियामा कार्यक्रम गरेर फर्किने क्रममा कपिल शर्माले मदिराको जोशमा सुनिलमाथी हातपात गरेका थिए । सो क्रममा उनले सुनिललाई तथानाम गाली गर्नुका साथै अपशब्द पनि प्रयोग गरेको बताइएको थियो ।

घटना व्यापक भएपछि कपिलको खुब आलोचना भएको थियो । धेरैले उनको घमण्डी स्वभाव बाहिरिएको देखेपछि उनीविरुद्ध खनिएका थिए ।
विवाद उत्कर्षमा पुगेको बेला कपिलले बाध्य भइ सुनिलसँग माफी मागेका थिए । यतिका बावजुद सुनीलले कपिलसँग हालसम्म नजिक भएका छैनन् ।

 

 

ताजा खबर