चर्चित बलिउड हस्ती अहिले यस्ता काममा व्यस्त

२०७६ बैशाख १० मंगलबार १३:१५:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा लागेर अनन्तकालसम्म सफलताका साथ कामगर्ने भाग्य थोरै स्टारहरुले मात्र पाउँछन् । अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, आमीर खान जस्ता केहि औंलामा गन्न सकिने स्टारहरुले मात्र लामो समयदेखि बलिउडमा अनवरत काम पाइरहेका छन् ।

अन्य नायक नायिका भने आउने जाने क्रम चलिनै रहेको हुन्छ । कतिपय नायक नायिका बलिउडमा काम नपाएपछि साना तिना अन्य टिभी कार्यक्रममा व्यस्त हुन्छन् भने कतिपयले वैवाहिक जिवनमा मस्त हुने गरेका छन् ।

कतिपय पूर्व तथा वर्तमान स्टारहरुभने व्यवसायमा पनि लाग्ने गरेका छन् । यस्तै व्यवसायमा लाग्ने केहि कलाकारहरुको यहाँ चर्चा गरिएको छ ।

१. लारा दत्ता

पूर्व मिस युनिभर्स लारा दत्ताले बलिउडका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । बलिउडमा खासै सफल हुन नसकेकी लाराले अहिले साडीको स्टोर खोलेकी छिन् । यो बाहेक उनको एउटा प्रोडक्सन कम्पनी पनि रहेको बताइन्छ ।  

२. करिश्मा कपूर
कुनैबेला बलिउडमा लगातार हिट फिल्म दिने सफल नायिका करिश्मा विवाह पश्चात बिस्तारै पलायन हुँदै गइन् । श्रीमान संजय कपूरसँग खासै खुशी हुन नसकेकी करिश्मा अहिले डिभोर्सपछि नयाँ व्यवसायमा होमिएकी छिन् । उनले अहिले अनलाइन पोर्टल मार्फत् बच्चा तथा महिलाहरुको लागि उपयोगी हुने सामग्रीको बिक्री गर्ने काम शुरु गरेकी छिन् ।

३. शिल्पा शेट्टी

बलिउडमा थुप्रै सफल फिल्ममा काम गरेकी शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरेकी छिन् । राजले शिल्पाको लागि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स खरिद गरेपछि शिल्पा अहिले यहि काम व्यस्त छिन् । साथै उनले फिटनेश सम्बन्धी कामहरु पनि गर्ने गरेकी छिन् भने हालै मुम्बईमा एउटा स्पा पनि खोलेकी छिन् । यसबाहेक उनी टेलिभिजन रियालिटी शो मा पनि देखिने गरेकी छिन् ।

४. सुस्मिता सेन

मिस युनिभर्सको ताज पहिरिएर बलिउडमा प्रवेश गरेकी सुस्मिता सेन अहिले फिल्मी दुनियाँबाट टाढा भएकी छिन् । अहिले उनले ‘तन्त्रा इन्टरटेनमेन्ट’ नाम गरेको एउटा प्रोडक्सन कम्पनी खोलेकी छिन् भने ‘बंगाली मासीज किचन’ नामक आउटलेट पनि खोलेकी छिन् ।

५. ट्वींकल खन्ना

अक्षय कुमारकी श्रीमती ट्वींकलले बलिउडमा काम पाउन छोडेको धेरै भइसकेको छ । हाल उनी लेखन कार्यमा सफल छिन् । त्यस्तै उनले ‘द ह्वाइट विन्डो’ नाम इन्टेरियर डेकोरेशनको स्टोर पनि खोलेकी छिन् ।

६. मलाइका अरोरा

फेशन क्षेत्रमा जमेकी मलाइका अरोरा बलिउड फिल्ममा खासै काम गरेकी होइनन् । उनले बलिउडमा केहि आइटम डान्स भने गरेकी छिन् । कमाउन खप्पिस मलाइकाले अहिले विपाशा बासु र सुजेन खानसँग मिलेर ‘द लेबल लाइफ’ नामक पोर्टल चलाउँछिन् । यो बाहेक उनी मोडलिङमा पनि व्यस्त हुने गरेकी छिन् ।  

८. मिथुन चक्रवर्ती

थुप्रै बलिउड फिल्ममा काम गरिसकेका मिथुन अहिले ‘मोनार्क ग्रुप अफ होटल्स’ का मालिक बनेका छन्  । उँटी, मसुरी र अन्य पहाडी शहरहरुमा समेत यो होटल खोलर मिथुनले थुप्रै पैसा कमाएको बताइन्छ ।

९. सुनील शेट्टी

बलिउडका थुप्रै फिल्ममा काम गरिसकेका सुनील शेट्टी हाल विभिन्न रेष्टुरेन्ट तथा पबका मालिक भएर दाम कमाइरहेका छन् । पछिल्लो समय फिल्ममा नदेखिएपनि उनले वैकल्पिक व्यवसायबाट मनग्य कमाइरहेका छन् ।

 

ताजा खबर