सलमानको फिल्मलाई शाहरुखको यस्तो प्रतिक्रिया

२०७६ बैशाख १० मंगलबार ११:४७:०० मा प्रकाशित


एजेन्सी । बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ ।

उक्त ट्रेलर सार्वजनिक भएसँगै सोसल मिडियामा यसबारे मीश्रित प्रतिक्रिया आउने क्रम जारी छ । ठुलो संख्यामा दर्शकले यो फिल्म सुपरहिट हुने अनुमान गरेका छन् ।

फिल्ममा सलमान खानको बहु भुमिका रहेको देखिएको छ । उक्त ट्रेलर सार्वजनिक भएलगत्तै अर्का स्टार शाहरुख खानले प्रतिक्रिया दिंदै ‘अति राम्रो’ भनेका छन् । यि दुई खानको पहिला खराब सम्बन्ध भएपनि अहिले सम्बन्ध सुधारको क्रममा रहेको छ ।

यसरी ‘भारत’ को ट्रेलरमा प्रतिक्रिया दिने उनी पहिलो बलिउड हस्ती बने । त्यस्तै अनिल कपूर लगायत अन्य हस्तीहरुले पनि ट्रेलरको प्रशंसामा शब्दहरु खर्चिए ।
फ्यानहरुले यो फिल्म बलिउडमा ब्लकबस्टर नै हुने दाबी गरेका छन् ।

ट्रेलरको सुरुवातमा सलमान र दीशा पटानी हुन्छन् । दीशाले सर्कसमा प्रदर्शन गरिरहेका हुन्छन् भने सलमानले खतरनाक स्टन्ट गरिरहेका हुन्छन् । त्यस्तै सलमानका केहि डाइलग सहित अन्य सिनहरु देखिंदा फिल्म रोचन हुने अनुमान गरिएको छ ।

फिल्ममा सलमान र दीशा बाहेक केटरीना कैफ, तब्बू, ज्याकी श्रफ र सुनिल ग्रोबर रहेका छन् । फिल्म आगामी जुन ५ मा रिलिज हुने बताइएको छ ।

 


 
 

 

ताजा खबर