दलीय छायाँबाट मुक्त गरौं,महासंघ जोगाऔं 

२०७४ भदौ ३ शनिबार ०९:०४:०० मा प्रकाशित


आदरणीय साथीहरु नमस्कार 

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा भाग लिन आउनु भएका    साथीहरुमा हार्दिक नमस्कार । 

चुनावी प्रतिष्पर्धामा रहनु भएका साथीहरुमा विजयको शुभकामना । यतिबेला माहौल चुनावमय छ । उम्मेद्वारहरु आश्वासन वाड्न व्यस्त छन् । तर तमाम व्यवसायिक पत्रकारहरुमा महासंघको भविष्य के हुने ? यो पत्रकारहरुको संस्था हुन्छ वा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको भन्ने चिन्ता छ । 

केही समय अघि शाखा अधिवेशन जारी रह“दा धेरै साथीहरुले मसंग भन्नु भएको थियो ‘अव त म सदस्यता नवीकरण गर्दिन । महासंघमा पत्रकार भन्दा गैरपत्रकार हावी हु“दै छन् । पत्रकारका व्यवसायीक मुद्धा भन्दा राजनीतिक दल र तीनका नेताहरुको एजेण्डाले प्राथमिकता पाउन थालेको छ । चुनाव पत्रकारको हुन्छ, दलहरु प्रतिष्पर्धामा उत्रिन्छन् । यस्तो महासंघमा बस्नु नबस्नुको के अर्थ ।’ 

खासगरी राजधानीका प्रमुख सञ्चार माध्यममा काम गर्ने स्थापित पत्रकारहरुको यस्तो चासो थियो । त्यति वेलै उहा“हरुस“ग मैले भनेको थिए“ ‘साथीहरु हो । हाम्रो संस्थाका कमी कमजोरी हटाउन भित्रै बसेर संघर्ष गर्नुको विकल्प छैन । सदस्यता नवीकरण गर्नुस् मिलेर सुधार लागि लडौंला । धेरैले नवीकरण गर्नुभयो, कतिले गर्नुभएन ।’ 

म आफंै केन्द्रीय समितिमा सदस्य र सचिवको हैसियतमा छ वर्ष बसेको छु । अघिल्लो चुनावमा महासचिवमा पराजित भए पनि यसको काम र कृयाकलापलाई नजिकबाट नियाली रहेकोछु । यो कटुसत्य महाधिवेशनको बेला नभनेर कहिले भन्ने ? मैले नभने कसले भन्ने ? मेरो अनुभवका आधारमा भन्दै छु । महासंघ नेतृत्वको प्रमुख प्राथमिकता भनेकै गैरपत्रकारलाई कसरी सदस्यता दिने र व्यवसायिक पत्रकारलाई सकेसम्म केन्द्रीय सभासद् हुनवाट कसरी रोक्ने भन्ने मै केन्द्रीत हुने गरेको छ । 

पत्रकारहरुको सामाजिक सुरक्षा र क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रताका मुद्दा क्रमश ओझेलमा पर्दै गएका छन् । 

अब हामीले पत्रकार महासंघलाई कस्तो संस्था बनाउने, कसको पक्षमा काम गर्ने संस्था बनाउने, यसका प्राथमिकता के हुने भन्ने बिषयमा गम्भिर बहस गर्नु जरुरी छ भन्ने मलाई लाग्छ । केही मुद्दा र समाधानका उपाय बहसका लागि राख्दैछु 

प्रश्न नं. १

महासंघको मूल उद्देश्य प्रेस स्वतन्त्रताको पक्षमा लबिङ गर्ने नै हो । त्यसपछि श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षा, सेवा सुविधाका बारेमा सरकार र सम्वन्धित पक्षस“ग पत्रकारहरुको पक्षमा लविङ गर्नु नै हो । यसका अतिरिक्त महासंघले व्यवसायिक पत्रकारिताको बिकासका लागि पत्रकाहरुको क्षमता अभिवृद्धिका पक्षमा काम गर्न सक्नु पर्छ । 
प्रश्न नं. २

पछिल्ला समय महासंघप्रति यसका सदस्यहरुको विश्वसनीयतामा निरन्तर ह्रास आइरहेको छ । अहिलेकै प्रवृत्ति कायम रहेमा प्रतिष्पर्धामा रहेका जुनसुकै टिमले जिते पनि भविष्यमा ह्रास ह“ुदै जाने खतरा छ । 
यसको मुख्य कारण व्यवसायिक र पेशागत मुद्दा भन्दा चुनावी राजनीतिको अंक गणित सधैं प्राथमिकतामा पर्नु नै हो ।

प्रश्न नं. ३

श्रमजीवी पत्रकारको पक्षमा काम गर्नुपर्ने महासंघमा सम्पादक र सिनियर पत्रकारहरुको स्थान करिव करिव नभएको अवस्था छ । महासंघमा उनीहरुको अपनत्व बढाउने कामलाई प्राथमिकता दिनु भन्दा भोटको राजनीतिक प्रतिष्पर्धाका आधारमा कार्यकर्तालाई स्थान दिने प्रवृत्ति हावी ह“ुदै गएको छ ।

प्रश्न नं. ४

पत्रकारिता आफंै सत्य, तथ्य र विश्वसनियताको सिद्धान्तमा अडेको पेशा हो । यस्तो पेशामा आवद्ध संस्थाको नेतृत्वमा पुग्न राजनीतिक दल र नेता, त्यसमा पनि गुटको आशिर्वाद पहिलो अनिवार्य शर्त बनिसकेको छ । 

यसरी हुनसक्छ सुधार

पत्रकार महासंघ हाम्रो संस्था हो । यसका कमीकमजोरी सुधार्ने जिम्मेवारी पनि हामीले नै लिनु पर्छ । अनी त्यसका पक्षमा आवाज उठाउने उपयुक्त समय अहिले नै हो ।

पहिलो प्राथमिकता

महासंघ श्रमजीवी पत्रकारको संस्था हो वा अरुका लागि काम गर्ने संस्था भनेर हाम्रै साथीहरुमा व्याप्त आशंका निराकरण गर्ने कामलाई पहिलो प्राथमिकता राख्न जरुरी छ ।

दोस्रो प्राथमिकता

प्रत्यक्ष निर्वाचनमा जाने भनि साधारण सभाले गरेको निर्णय सदस्यहरुका वीचमा छलफल र बहस नै नगराई उल्टाईनु र महासंघ चलाउने मुख्य आधार दलीय भागवण्डा बनाइनुले आशंका बढेको छ । 
श्रमजीवी पत्रकारहरुको हितमा काम गर्ने संस्था भएकाले विभिन्न पेशा र व्यवसायका साथीहरुलाई सम्मानका साथ उनीहरुकै पेशमा पठाई वास्तविक पत्रकारलाई मात्र सदस्यता दिने व्यवस्था गर्नुपर्छ अनी प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्छ । 

तेस्रो प्राथमिकता

हाम्रो जस्तै डाक्टर, वकिल, शिक्षक, प्राध्यापक, इन्जिनीयरहरुको पनि छाता संस्था छ । यी मध्ये कुनै पनि संस्थामा सदस्यता विवाद छैन । त्यसैले सदस्यता बितरण गर्ने जिम्मेवारी महासंघ बाहेकको छुट्टै संस्थालाई दिने की ? उदाहरणका लागि वारको वार काउन्सिल, डाक्टरको मेडिकल काउन्सिल र इञ्जिनीयरको इञ्जिनीयर काउन्सिलले सदस्यता दिने गर्छन् ।

चौथो प्राथमिकता

आश्चर्यको कुरा के छ भने पत्रकारहरुले नै चुनावका बेला पुरा गर्न नसक्ने फोस्रा आश्वासन बा“ड्ने गरेको पाइन्छ । मेरो अनुभवले भन्छ निर्वाचित ह“ुदा सबै काम गर्छु भन्ने जोशका साथ कार्यसमितिमा पुग्ने कृयाशील पत्रकार साथी कार्यकाल पुरा गर्दा केही पनि गर्न नसकिने रहेछ भनेर फर्किने गरेका छन् ।

आम पत्रकारले चुनेर पठाएको नेतृत्वले निरीह भएर कार्यकाल पुरा गर्नुपर्ने वाध्यताको कारण के हो ? त्यसको पहिचान गरी महासंघलाई सबै पत्रकारहरुको आस्थाको केन्द्र वनाउने बिषयमा समेत बहस गर्न र यसलाई सबै श्रमजीवी पत्रकारको आस्थाको केन्द्र बनाउन तपाईको ठाउ“वाट पहल गर्नु हुने छ ।


तपाईंको साथी,
पूर्व सचिव, नेपाल पत्रकार महासंघ 
 

ताजा खबर