पहिले ‘रिजेक्ट’ भएकी आलीया अहिले भंशालीकै फिल्ममा ?

२०७६ बैशाख ९ सोमबार १२:२९:०० मा प्रकाशित

एजेन्सी । लगातार सफल फिल्महरुमा काम गरेकी आलीया भट्ट अहिले चर्चाको शिखरमा छिन् ।

बलिउडमा स्टार परिवारबाट आएकी नायिका भएको कारण पनि आलीयाको यस्तो चर्चा हुने गरेको आरोप लाग्ने गरेको छ । वास्तवमा फिल्म मात्र नभएर नायक रणबीर कपूरसँगको प्रेम सम्बन्धको कारण पनि उनि चर्चामा रहने गरेको जानकारहरु बताउँछन् ।

बलिउडमा पछिल्लो समय ‘राजी’ , ‘गल्ली ब्वाय’ र ‘कलंक’ जस्तो सफल चलचित्र दिएकी आलीया अहिले एसएस राजामौलीको तमिल फिल्म ‘आरआरआर’ मा पनि आबद्ध भइसकेकी छिन् ।

पछिल्लो समय बाहिरिएको खबर अनुसार आलीयाले संजय लिला भंशालीको फिल्म ‘इंशाल्लाह’ मा पनि काम गर्ने पक्का भएको छ । यसरी दुईजना सफल निर्देशकको साथ दुई ठुलो बजेटको फिल्ममा आबद्ध भएकोमा आलीयाले खुशी व्यक्त गर्दै भनिन्, ‘मेरो लागि दुबै निर्देशक समान हुन् र म उहाँहरुसँग काम गर्न पाउँदा अति खुशी छु । ’ उनले थपिन्, ‘आफ्नो कार्यदिशामा स्पष्ट हुने र कामको लागि अहोरात्र लाग्ने यि निर्देशकसँग काम गर्न पाउँछु भन्ने सोचकी पनि थिइन । ’

आलीयाले यसरी भंशालीको फिल्ममा काम गर्ने सोच नबनाउनुको कारण यसअघिको इतिहास रहेको बताइन्छ । सन् २००५ मा आलीया ९ वर्षको हुँदा भंशालीको फिल्म ‘ब्ल्याक’ को लागि भएको अडिसनमा उनि ‘रिजेक्ट’ भएकी थिइन् ।

पछिल्लो समय बलिउडमा स्थापित भइसकेकी आलीयाले विगतमा आफु नकारिएको तथ्य भुल्दै भंशालीको फिल्ममा काम गर्न स्वीकारी सकेकी छिन् । यो सँगै उनको व्यस्तता ह्वात्तै बढेको छ ।

 

ताजा खबर