फिल्म ‘ब्रम्हास्त्र’ मा रणबीर यस्तो देखिनेछन्

२०७६ बैशाख ९ सोमबार ११:०३:०० मा प्रकाशित


एजेन्सी । बलिउड फिल्म ‘ब्रम्हास्त्र’ अहिले निर्माणको क्रममा रहेको छ । चर्चित नायक रणबीर कपूर, नायिका आलीया भट्ट र सुपरस्टार अमिताभ बच्चन रहेको यस फिल्मको कथा वस्तु अहिले चर्चाको विषय बनेको छ ।

अयान मुखर्जीले निर्देशन गरेको यस फिल्ममा रणबीर डिजेको भुमिकामा देखिने बताइएको छ । डिजे बन्ने सपना पुरा गर्नको लागि घर छोड्ने रणबीरले फिल्मको लागि मार्शल आर्टस सम्बन्धी कडा ट्रेनिङ लिएको थाहा भएको छ ।

उनको उक्त अभ्यास ‘ब्रम्हास्त्र’ सँग सम्बन्धीत भएकोले उनले फिल्ममा ‘सुपरपावर’ देखाउन सक्ने दाबी  गरिएको छ । यस फिल्ममा उनको एक्शन पनि देख्न पाइने भनिएको छ ।

आफ्नो पिताको सहमति नभएपनि सपना पुरा गर्न हिंडेका रणबीरले आफ्नो अन्तर्निहित शक्ति थाहा पाइ त्यसैमा लाग्ने विषय नै कथाको मुल विषय भएको बताइन्छ । फिल्ममा उनले आफ्नो हातबाट आगो निकाल्ने शक्तिको प्रदर्शन गर्ने दाबी गरिएको छ ।

यसअघि रणबीरले यो फिल्म रोमान्टिक कथामा आधारित भएपनी अलौकिक स्वरुपको हुने खुलासा गरेका थिए । फिल्म तीन भागको हुने र ‘ब्रम्हास्त्र’ पहिलो भाग रहेको बताइएको छ । फिल्म यहि वर्षको अन्त्यतिर रिलिज हुने बताइन्छ ।

 

ताजा खबर