यसकारण रिसाए सैफ अली खान

२०७६ बैशाख ८ आइतबार १६:३०:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक सैफ अली खान र उनकी दोश्री श्रीमती करीना कपूर खानको छोरा तैमूर दुई वर्ष ४ महिनाका मात्र भएका छन् ।

यति सानो छोराको लागि आमा बुवा चिन्तित हुनु स्वभाविक भएपनि सैफ अली खान पछिल्लो समय अति रिसाएका छन् ।

तैमूर साना भएपनि सुन्दर बालक भएका र सेलिब्रेटीको छोरा भएका कारण पछिल्लो समय उनी पापाराज्जीको फन्दामा परेका छन् । पापाराज्जीहरु सेलिब्रेटीको हरेक गतिविधी पछाडी लाग्ने र जुनसुकै अवस्थामा फोटो खिच्न माहिर हुन्छन्  ।

ठुला सेलिब्रेटीहरुपनी यस्ता पापाराज्जीहरुबाट परै बस्न रुचाउँछन् । पछिल्लो समय तैमूर सार्वजनिक स्थानहरुमा देखिंदा ति पापाराज्जीहरुले तैमूरको फोटो खिच्ने क्रममा फ्ल्यास बालेर दुख दिइरहेको विषयमा सैफ क्रुद्ध बनेका हुन् । यसरी फ्ल्यास बाल्दा तैमूरलाई समस्या भएको उनले बताएका छन् ।

उनले भने, ‘मेरो छोरा सानै छ, यसरी फ्ल्यास बाल्दा उसले भोलीको दिनमा आँखै नदेख्ने हुन सक्छन् । कृपया मेरो छोराको पछि लाग्न छोडिदिनुस ।’
एक अन्तर्वार्ताको क्रममा सैफले यसरी बच्चाको पछि लाग्नु गलत रहेको बताए ।

भारतमा सेलिब्रेटीका साना साना समाचार चल्ने भएकोले मिडियाहरुले नै फोटोको लोभमा पापाराज्जीहरु खटाउने गरेका छन् । यसरी पापाराज्जीहरुले हैरान पारेपछि पछिल्लो समय करीनाले आफ्नो छोरालाई कतै लिएर जाँदा सकेसम्म बचाएर लाने गरेकी छिन् ।

ताजा खबर