सलमान खानको फेभरेट क्यारेक्टर ‘चुलबुल पाण्डे’

२०७६ बैशाख ८ आइतबार १२:५२:०० मा प्रकाशित

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान वर्षभरीनै विभिन्न फिल्ममा व्यस्त हुने गरेका छन् । टिभी रियालिटी शो मा पनि समय दिन भ्याउने सलमानको ढल्कँदो उमेरमा पनि उस्तै माग रहेको छ ।  

आफ्नो फिल्मी करियरमा उनले थुप्रै भुमिका निभाए पनि फिल्म ‘दबंग’ मा उनले निभाएको चुलबुल पाण्डेको भुमिका उनलाई विशेष रुपमा मन परेको बताइन्छ । सन् २०१० मा उनले ‘दबंग’ र सन् २०१२ मा ‘दबंग २’ मा काम गरेका थिए ।

हालै उनी ‘दबंग ३’ को शुटिङमा लागेका छन् । उक्त फिल्मका निर्देशन अरबाज खानले सलमानले चुलबुल पाण्डेको भुमिकामै सलमान भिजेको बताएका छन् ।

पछिल्लो ७ वर्षमा सलमानले थुप्रै भुमिकामा काम गरेपनी जुँगा लगाएर फिल्मको पहिलो शट दिंदा उनले चुलुबुल पाण्डेको हाउभाउ आएको अरबाजले बताए ।

चुलुबुलको एटिच्युट र शारिरीक हाउभाउ सहजै सम्झेको देखेर आफु चकित रहेको अरबाजले बताए । सात वर्षपछि पनि उनले दुरुस्तै हरेक भुमिका र स्टाइल सम्झेबाट पनि उनले सलमान खानलाई उक्त भुमिका मन परेको आफुले बुझेको बताए ।

‘दबंग ३’ यहि वर्षको डिसेम्बर महिनामा क्रिशमशको अवसर पारेर रिलिज हुने बताइएको छ । फिल्ममा सलमानको साथ सोनाक्षी सिन्हा पनि रहने छिन् ।

 

ताजा खबर