प्रधानमन्त्री ओलीलाई वीपी बन्ने सल्लाह

२०७६ बैशाख ७ शनिबार १५:४६:०० मा प्रकाशित

सरकारलाई अमर बनाउने यस्तो शौभाग्य र अवशर सबैलाई प्राप्त हुन्न ओलीजी !

*****
*****

गएको २८ बर्षमा मुलुकमा २४ सरकार बनेछन् तर कुनै पनि सरकारले नदेखेको अर्वौं मूल्यको ललिता निवाशको जग्गा हिनामिना भएको देख्ने , अनुभूत गर्ने , अध्ययन र अनुषन्धान गराउने र कारवाही प्रारम्भ त केपी ओली सरकारले नै गर्यो त !

अब मुलुकका विभिन्न भागमा भएका सार्वजनिक, सरकारी, धार्मिक तथा शैक्षिक सँस्था र पवित्र सामाजिक र धार्मिक उद्देस्यले दाताले राखेका निजी गुठीका जमिनको हिनामिना, अवैध कब्जा, नियन्त्रण ,दुरुपयोग र लूटको छानवीन गर्ने स्वच्छ छविका उच्च न्यायिक निष्ठा र प्राविधिक दक्षताका मानिसहरू रहेको सर्वाधिकार सम्पन्न आयोग बनाऊ सरकार I

ओली सरकारले आफ्नो यही कार्यकालमा त्यस्तो सबै जग्गा छुट्याई तत् तत् सँस्था , गुठी वा सरकारको नियन्त्रणमा ल्याऊ ! 
युग युगसम्मको लागि ओली सरकारको यो कार्यको गुणगान मुलुकमा भइरहनेछ I 
वाइड बडी , मेलम्ची परियोजना जस्ता क्षेत्रमा भएका भ्रष्टाचार नलुकुन !

*****
नेपालमा सरकार आउने बाटो देखिदो रहेछ जाने बाटो नदेखिने ,
त्यसैले मुलुकका हरक्षेत्रमा यस्ता काम गरेर आम जनता नै सरकारको पक्षमा उभिने गराऊ तिम्रा विरुद्धको विरोध आफैं साम्य हुन्छ I 
नभए आफ्नो नेतृत्वको पहिलो ओली सरकार हट्दा जसैगरी हाई हाई भएर बस्न सकिन्छ !

*****
सरकारबाट त ढिलो चाँडो हटिएला , तर सरकार अमर हुन्छ !
सरकारलाई अमर बनाउने यस्तो शौभाग्य र अवशर सबैलाई प्राप्त हुन्न ओलीजी !
भएका केही गल्ती र अभावलाई ठूलो साहश र निष्ठाका कामले छोप्न सकिन्छ I

अनि सरकारमा बसेको दिन र बर्षको महत्व हुने होइन क्यारे , काम कै हो !

*****
थुप्रै पन्चहरू प्रधान मन्त्री भए तर किर्तिनिधि विष्ट र मरिचमान सिंहले इतिहास लेखाएका छन् !
धेरै नेता भए ,निर्वाचित प्रधान मन्त्री भए , तर विश्वेश्वर प्रसाद कोइराला त कोही भएनन् !
यो विपी हुने समय पनि हो प्रधान मन्त्रीज्यू !
एकै बर्ष त भयो,समय छ , धेरै गर्न सकिन्छ ! (विश्लेषक केशबप्रसाद भट्टराईको फेसबुकबाट)

ताजा खबर