विश्का चर्चित धनाढ्य बिल गेट्स किन जेल परे

२०७६ बैशाख ६ शुक्रबार १३:२२:०० मा प्रकाशित

अत्याधुनिक सुविधाले सुसज्जित कार चढ्न रुचाउँछन् भन्ने कुरा संसारलाई थाहा छ । विश्वकै सबैभन्दा धनि व्यापारीले यस्तो रहर पाल्नु कुनै नौलो कुरा पनि होईन । उनी  पोर्से कम्पनिका उत्पादन कारहरु चढ्न रुचाउँछन् भन्छन् उनलाई नजिकबाट जान्ने व्यक्तिहरु । उनको मनपर्ने कार मानिन्छ लिमोजिन कार । यो बिल गेट्सका महंगा कारहरु मध्यको एक मानिन्छ ।

बिल गेट्सको पोर्से ८५९ मोडलको कार संसारको सबैभन्दा तिव्र गतिमा कुद्ने कारहरुमध्येको एक मानिन्छ । उनको ग्यारेजमा पोर्सेकै ९११ करेरा र ९३० मोडल सदा उनको सवारीका लागि तयार रहन्छन् ।

विश्वकै धनाढ्य बिल गेट्सको नखुलेको पाटो सबैका लागि रुचिको बिषय हुनसक्छ । विभिन्न समाचार एजेन्सीबाट संकलित सूचनाबाट के थाहा भएको छ भने बिल गेट्स जान्नैपर्ने एकजना चर्चित व्यापारी रहेछन् ।

यस्तो छ उनको सफलताको कथाः  

१. बिल गेट्स विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको पुरा नाम विलियम हेनरी गेट्स तृतीय हो ।

२. उनले १७ बर्षको उमेरमा पहिलो कम्प्युटर सफ्टवेयर बनाएर बेचेका थिए जुन स्कूलको टाइम टेबल सिस्टम थियो ।

३. बिल गेट्स कलेज ड्रपआउट हुन् । उनले १७ वर्षको उमेरमा आफ्नो पहिलो कम्प्यूटर प्रोग्राम बेचेका थिए ।  

४. बिलले विश्वविद्यालयको सुरुवातका दिनमा आफ्नो लक्ष्यको बारेमा सोध्दा ‘म ३० बर्षको उमेरभित्र करोडपति बन्न चाहन्छु’ भनेका थिए भने ३१ बर्षको उमेरमा करोडपति बने ।

५. सन् १९८६ मा उनको कम्पनि शेयर मार्केटमा प्रवेश गर्यो र बिल धनाढ्यको सूचिमा चढे । सन् १९९२ मा उनि अमेरिकाको र १९९५ मा विश्वको सबैभन्दा धनि व्यक्ति घोषणा भए ।

६. बिलले एक पटक जेल सजाय पनि भोग्नु पर्यो । उनि सन् १९९७ मा न्यूमेक्सिकोको रेडलाइट क्रस गरेको र बिना लाइसेन्स कार चलाएको         आरोपमा पक्राउ परेका थिए ।

७. बिल गेट्सले आफ्नो गर्ल फ्रेन्ड मेलिंडा फ्रेंचसँग धेरै पटक डेट गरि सन् १९९४ जनवरी १ मा विवाह गरे । उनीहरुका तीन सन्तान छन् ।

८. उनको घर वाशिंगटन तालको किनार क्षेत्रमा ६६ हजार स्क्वायर फिटमा फैलिएको छ । यो घर आफ्नो डिजाइन र टेक्निक प्रयोग गर्नमा उपयोग   हुन्छ ।

९. बिल गेट्स पुरै अमेरिकाको ऋण १० बर्षमा तिर्न सक्ने क्षमता राख्छन् । उनि दैनिक ३२ मिलियन डलर कमाउँछन् । (एजेन्सी)
 

ताजा खबर