कंगनाकी बहिनीले महेश भट्टलाई लगाइन् गम्भीर आरोप

२०७६ बैशाख ६ शुक्रबार १२:३२:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा समय सफल हुँदै गइरहेकी नायिका कंगना रनौट आफ्नो आक्रामक भनाइको लागि पनि चिनिने गरेकी छिन् ।

उनले पछिल्लो समय आलीया भट्टमाथी गरिरहेको नियमित बचन प्रहारले मिडियामा राम्रै स्थान बनाउने गरेको छ । यस्तोमा कंगनाकी बहिनी रंगोली चन्डेल पनि यहि माहोलमा मिसिएकी छिन् ।
रंगोलीले आलीयाकी आमा सोनी राजदान र पिता महेश भट्टलाई गम्भीर आरोप लगाएकी छिन् ।

आलीया र आफुलाई विभिन्न समयमा कंगनाले अनेक लान्छना लाउने गरेको विषयमाथी टिप्पणी गर्दै सोनी राजदानले ट्वीटरमा कंगनाको आलोचना गरेपछि रंगोलीको यस्तो बयान आएको बुझिएको छ ।
ट्वीटमा सोनीले लेखेकी छिन्, ‘महेश भट्टले कंगनालाई बलिउडमा पहिलो पटक फिल्म खेलाए । अहिले कंगना उनको श्रीमती र छोरी विरुद्ध आक्रामक भएकी छिन् । अब उनले चरित्रमाथी हमला गर्ने बाहेक अपमान गर्न र घृणा बक्न के नै बाँकि छ र ? उनको एजेन्डा के हो ?’

सोनीको यस्तो ट्वीट आउनसाथ दिदीको भन्दा आक्रामक शैलीमा रंगोलीले ट्वीटमा लेखिन्, ‘सोनी जी, कंगनालाई बलिउडमा पहिलो फिल्म खेलाउने अनुराग बाशु हुन् , महेश भट्ट होइनन् । भट्ट जी उनको दाजुको कम्पनी क्रियटिभ डाइरेक्टर मात्र हुन् । त्यो प्रोडक्सन हाउस उनको होइन भन्ने कुरा याद राख्नुहोस् । कंगनाले ‘वो लम्हे’ पछि उनको फिल्म ‘धोखा’ मा आत्मघाती बम विस्फोटकको भुमिकामा काम गर्न अस्वीकार गरेको रिसमा उनले अफिसमा कंगनालाई गाली मात्र गरेनन् , ‘वो लम्हे’ को प्रिभ्यु हेर्न जाँदा चप्पलले झटारो हानेका थिए । आफ्नो फिल्म हेर्न नपाएपछि कंगना रातभरी रोइकी थिइन् । उनी त्यति बेला १९ वर्षकी मात्र थिइन् ।’

रंगोलीको उक्त ट्वीट आएपछि सोनी राजदानले आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।

यसरी कंगना र रंगोलीको भट्ट परिवार विरुद्ध नियमित आक्रोश आइरहँदा पनि आलीयाले मुख फोरेर जवाफ नदिएकोमा प्रशंसा गर्दै नायक रणदीप हुडाले उनको ट्वीट मार्फत् प्रशंसा गरेका छन्  । ‘आलीया, यदाकदा देखिने कलाकार र समयकाल पिडितको भनाइबाट आफ्नो कामलाई प्रभावित हुन नदिएकोमा म एकदम खुशी छु । आफ्नो कामलाई उत्कृष्ट बनाउँदै लिएर गएकोमा तिमिलाई बधाई छ । ’
रणदीप र आलीयाले फिल्म ‘हाईवे’ मा सँगै काम गरेका थिए । रणदीपको उक्त ट्वीटलाई आलीयाले खुशी भएको इमोजीहरुले रिप्लाई दिएकी छिन् ।  

 

ताजा खबर