रजनीकान्तको फिल्ममा प्रतीक बब्बर ‘भिलेन’

२०७६ बैशाख ५ बिहीबार १२:०२:०० मा प्रकाशित


एजेन्सी । सुपरस्टार रजनीकान्त २५ वर्षको अन्तरालपछि फिल्ममा प्रहरीको भुमिकामा देखिने भएका छन् ।

६९ वर्षको उमेरमा पनि फिल्ममा प्रमुख भुमिकामा देखिने गरेका रजनीकान्तको दक्षिण भारतमा ठुलो क्रेज रहेको छ । अझै पनि उनी युवा नायक जस्तै सक्रिय छन् ।

रनजीकान्तको आगामी फिल्म ‘दरबार’ मा भिलेनको भुमिकामा प्रतीक बब्बर देखिने भएका छन् । यि दुईले पहिलो पटक सँगै फिल्ममा काम गर्ने भएका हुन् । रजनीकान्तको नायिका भने नयनतारा हुने पक्का भइसकेको बताइन्छ ।

रजनीकान्तसँग फिल्ममा काम गर्नको लागि उत्साहित स्मीता पटेल र राज बब्बरका छोरा प्रतीकले भने, ‘मैले फिल्म क्षेत्रमा काम गरेको छोटो समयमा यो काम पाउनु मेरो लागि ठुलो कुरा हो । मेरो करियरको लागि यो फिल्म महत्वपूर्ण छ । यहि हप्ता शुरु हुने शुटिङमा एआर मुरुगादास र रजनीकान्त सरसँग काम गर्न म साह्रै उत्साहित छु । ’

पछिल्लो समय चुनाव लड्ने तयारीमा लागेका भएपनि अन्तिम समयमा चुनाव नलड्ने निष्कर्षमा पुगेका रजनीकान्तले फिल्मी करियरलाई निरन्तरता दिइरहेका छन् । ढल्कदो उमेर भएपनि उनले हिट फिल्म दिने क्रम भने रोकिएको छैन ।

 

ताजा खबर