ओली सरकारको विकल्पको सवाल अनि काङ्ग्रेस  

२०७६ बैशाख ३ मंगलबार १४:४०:०० मा प्रकाशित

१. ओलीजी बोल्नुहुन्छ ! 
विपक्ष विरूद्ध तीखा शव्द प्रयोग गरेर घोचेर बोल्नुहुन्छ ! 
तीखा र मर्मभेदी शव्द खोजीखोजी प्रहार गरेर सन्तुष्टि लिनुहुन्छ I 
प्रधानमन्त्री भएकै दिनदेखि उहाँले त्यो शुरु गर्नु भयो I

*****
२. अर्थमन्त्री युवराज खतिवडाले आफ्नो विद्वता, अनुभव र वौद्धिकता विपरित सत्य र तथ्यलाई तोड मरोद र गलत आशयले जारी गर्नुभएको स्वेतपत्र ओलीजीको विपक्षी र मूलत: काङ्ग्रेस विरुद्धको भावी रणनीतिको परिचय थियो I 
विगतको आफ्नो र प्रचण्ड लगायतका को सरकारको अपजस पनि उहाँले देउवा सरकारको थाप्लोमा हालिदिनु भयो I 
आफ्नै पार्टीका वरिष्ट र प्रमुख नेताहरू र कार्यकर्ताको ठूलो पङ्क्तिद्वारा कतिपय जायज र कतिपय नाजायज आधारमा निरन्तर घेराउमा परेका देउवाजी ओलीजीको लागि सजिलो राजनीतिक लक्ष बने I 
देउवाजीको पार्टी भित्रकाहरूका साथै ओलीजीले देउवाजीलाई निरन्तर ठुँगिरहनु भयो I 
त्यसैमा पुरुषार्थ देख्नु भयो I 
जवकि त्यो कुनै राजनीतिक पुरुषार्थ भने थिएन I

*****

३. हिजो ओलीसँगबाट प्रचण्डलाई थुतेर पालैपालो प्रचण्ड र शेरबहादुर देउवा प्रधानमन्त्री भएको,
त्यो भन्दा अघि ओलीलाई समर्थन गर्ने सहमति विपरित सुशील कोइरालाले प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिएको कुरा भुल्न ओलीजीलाई सजिलो छैन I 
जीवनका १४ महत्वपूर्ण अवधि कालकोठरीमा बिताएका मानिसको मनोविज्ञान सरल र सामान्य हुन सक्दैन I 
उनको पुस्ताका सबैले पालो पाएपछि मात्रै पालो पाएका र सहमति तोडेर आफ्नो प्रधान मन्त्री हुने अवशर खोसेका र खोस्न खोजेको 
कुरा बिर्सन अत्यन्त महत्वाकांक्षी र प्रतिशोध चेतनाका खली ओलीजीलाई सम्भव देखिन्न I

*****
४. त्यसकोलागि उच्च स्तरको राजनीतिक संस्कृति, इच्छाशक्ति र छाती पनि चाहिन्छ !
उग्र साम्यवादी चिन्तनबाट ग्रस्त भएर बर्ग शत्रुको मनोविज्ञान बोकेर हिंसात्मक बर्ग सङ्घर्षको आलोकाँचो अभ्यास अनि १४ बर्षको कठोर जेल जीवन भोग्न वाध्य उहाँलाई दुर्भाग्यबस त्यस्तो संस्कृतिमा दीक्षित हुने अवशर प्राप्त भएनछ !
फेरी स्वास्थ्य स्थिति र उपचार प्रणालीका मनोवैज्ञानिक असर र प्रभाव पनि हुने नै भए I

यतिविघ्न प्रतिकूलताको असर कसैमा नपर्नु सम्भव छैन !

*****
५. हिजो ओलीजी समेत मिलेर देउवालाई ध्वस्त पार्ने प्रयाश भयो , देउवाजी पछि ओलीजीको पालो आयो I 
त्यो भन्दा अली पहिला राजालाई सिध्याइयो राजा पछि गिरिजाप्रसाद ------
त्यस पछि प्रचण्ड, बाबुराम ------
कोही बाँकिरहेनन I 
राजनीतिक विरोधी विरूद्ध अराजक र असभ्य विरोधको हाम्रो स्थापित राजनीतिक संस्कृतिमा कोही सुरक्षित र सम्मानित रहन्नन् पनि !

*****
६. एमालेसँग जोडिएर प्रचण्डले राजनीतिक भविष्य सुरक्षित गरे जस्तो देखिन्छ तर त्यो पनि सहज नहोला I 
ओली सरकार ढाल्न भने प्रचण्ड, माधव नेपाल, वामदेव आदि सबै मिलेर फेरी देउवालाई उकास्न पछि नपर्लान !
ओली सरकार जति अलोकप्रिय भए पनि र बनाइए पनि ओली पछि को भन्ने प्रश्नको उत्तर दिन उनको पार्टीलाई मात्रै होइन, यो व्यवस्थालाई पनि सजिलो नहोला I 
*****
७. ओली सरकारलाइ देख्ने नसक्नेहरूको ठूलो पंक्ति नेकपा भित्रै छन् I 
काङ्ग्रेसले ढाल्न सक्ने कुरा भएन ! 
ढाल्न परे उतैकाले ढाल्ने हुन् !
त्यसैले ओली सरकार विरूद्ध काङ्ग्रेसले कुनै राजनीतिक उर्जा लगानी नगरे हुन्छ I 
आफ्नै संगठन बलियो बनाए हुन्छ I 
धैर्यपूर्वक प्रतीक्षा गरेर बसे हुन्छ I 
कहिले कहीं राजनीतिमा केही नगरेर बस्नु पनि धेरै गरेको हुन्छ I 
शान्त र स्थिर हुनुपनि युद्ध गर्नु जत्तिकै हुन्छ I

*****

८. देशलाई सरकार चाहिन्छ र प्रचण्ड, माधव नेपाल र वामदेवहरूमा यो चार बर्ष पर्खिने राजनीतिक धैर्य छैन !
त्यस्तो अधैर्यता काङ्ग्रेसलाई भन्दा बढ्ता उनीहरूलाई छ I 
काङ्ग्रेसीले धेरै हतार गरे ढिलो चाँडो भोलीका दिनमा आउने निश्चित भाग पनि खोसिएला I

९. यो सरकारको लक्षण र गतिको प्रशंसा स्वयम् ओली, उनका मन्त्रीहरू, ओली जीले लाभ पुर्याएका व्यक्तिहरू र अव को पालो पर्खिएका प्रचण्ड जस्ताले मात्रै गरिरहेका देखिन्छन !
उनकै पार्टी भित्रका ओली विरोधीहरूलाई सजिलो बनाइदिने काम काङ्ग्रेसले नगर्दा नै जाती ! 
हिजो काङ्ग्रेस पनि सरकारमा बसेकै हो , सरकारको नेतृत्व गरेकै हो खासै गतिलो सरकार चलाएको त होइन !
हिजोका गल्तीहरुको समीक्षा गर्न,हराएको लक्ष पुन पहिचान र प्राप्त गर्न, र भावी रणनीति तयार गर्न र पार्टीलाई पार्टी जस्तै बनाउन पनि कम्तीमा चार बर्ष त चाहिन्छ I

लक्ष कसैको भिक्षा दानमा पाइने दुइ चार महिने सरकार मात्रै हो भने त त्यस्तै हो !

 (नेपाल शिक्षक संघका पूर्व अध्यक्ष एवं विश्लेषक केशबप्रसाद भट्टराईको फेसबुकबाट साभार)

ताजा खबर