अशुभ हटाउने यस्ता छन् विधि, कसरी गर्ने ?

२०७६ बैशाख ३ मंगलबार १३:२०:०० मा प्रकाशित

ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित ग्रह अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ । उपर्युक्त ग्रहको सम्बन्धित सामग्री वस्तुको दान गर्ने व्यवस्था वर्णन गरिएको छ । यसै सन्दर्भमा म आज यहाँहरुलाई ग्रह अनुसार सम्बन्धित् वस्तुका बारेमा साथै कुन ग्रहका लागि कुन देवको पूजा गर्दा पाप नाश भइ जीवनमा शुभ तथा अनुकूलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा केही जानकारी दिन चाहन्छु ।

सूर्यः माणिक्य,स्वर्ण,तामा,गहुँ,गुण आदि

चन्द्रमाः मोति,सिप,चाँदी,शंख,जल,दुध,चामल

मंगलः मुँगा,तन्दुरमा पकाएको गुलियो रोटि खैडी,बताशा,मसुरो दाल

बुधः पन्ना,गेडा मुँग,फर्सी,बाख्रा,हरियो वस्त्र

बृहस्पतिः पुष्पराज,केसर,चना,दाल,पिपल,बेसार,सख्खर, पहेंलो पुष्प

शुक्रः हिरा, रेशमी कपडा,ध्यू,मलाई,खुवा,सेतो चन्दन,दहि,चिनी,सेन्ट

शनिः निलम,फलाम,छाला,पत्थर,खेत,काग,चिम्टा,पौवा,भैसी,सर्सोको तेल,रक्सि मदिरा,तिल

राहुः गोमेद,नरिवल,मुला,सर्सो,निलम,कोइला,खोटो,पैसा

केतुः कुकुर,कालो सेतो रंगको गाई,दुइ रंगको कम्बल

 

कस्तो व्यक्तिलाई कुन ग्रहको दान गर्दा पूर्ण फल प्राप्त हुन्छ । यहाँ पढौं र  जानौं–

१) सूर्यको दान कुनै राजपुरुषलाई आइतबार मध्यान्हमा

२) चन्द्रमाको दान सोमबार साँझ कुनै वैश्य स्त्रीलाई

३) मंगलको दान मंगलबार कुनै ब्रह्मचारी युवकलाई दिउँसोको समयमा

४) बुधको दान बुधबार प्रातः कुनै छात्रलाई

५) वृहस्पतिको दान विद्वान ब्राह्मणलाई प्रातःकालिन

६) शुक्रको दान शुक्रबार साँझ युवतीलाई

७) शनिको दान कुनै बूढो निर्धन,निर्बल व्यक्ति यदि यस प्रकारको स्त्री भए झन् उत्तम

८) राहुको दान कुनै कोरी कुष्ट रोगीलाई दिने
९) केतुको दान कुनै युवा पुरुषलाई

 

प्रत्येक ग्रहको दान सम्बन्धित ग्रहको घेरामै गर्नु पर्छ । अनि मात्रै उक्त ग्रह दानको फल प्राप्त गर्न सकिन्छ ।

 

ग्रह अनुसार देव पुजन

१) सूर्य देवलाई प्रशन्न गर्नका लागि भगवान विष्णुको पूजा तथा हरिवंश पुराण कथा वाचन गर्नु पर्छ ।

२) चन्द्र देवलाई प्रशन्न गर्नका लागि शिव उपासना गर्नु पर्छ ।

३) मंगल देवलाई प्रशन्न गर्न हनुमानको पूजा उपसना गर्नु पर्छ ।

४) बुध देवलाई प्रशन्न गर्न दुर्गा पूजा सप्तशती पाठ गर्नु पर्छ ।

५) बृहस्पति देवलाई प्रशन्न गर्नका लागि ब्रह्माजिको पूजा गर्नु पर्छ तथा सन्तान प्राप्ति गर्नु पर्ने भएमा हरि पूजा गर्नु पर्छ ।

६) शुक्र देवलाई प्रशन्न गर्नका लागि श्री लक्ष्मीजीको पूजा गर्नु पर्छ ।

७) शनि देवलाई प्रशन्न गर्नका लागि भैरव भगवानको पूजा गर्नु पर्छ । 

८) राहु देवलाई प्रशन्न गर्नका लागि भैरव पूजा महामृत्युञ्जय मन्त्र जप गर्नु पर्छ ।

९) केतु देवलाई प्रशन्न गर्नका लागि भगवान श्री गणेशको पूजा आराधना गर्नु पर्छ ।

यदि हामीले उपयुक्त नियमलाई पालना गर्न सक्यांै भने आफ्नो ग्रह दोषलाई शान्ति गरि पुण्य फल प्राप्त गर्न सक्छौं ।

(सदृश्य डटकममा ज्योपं. एसडी उपाध्यायको विश्लेषण)
 

ताजा खबर