सम्बन्ध तोडिएपछि विक्की कौशलकी पूर्व प्रेमीका डिप्रेसनमा

२०७६ बैशाख ३ मंगलबार १३:१२:०० मा प्रकाशित

एजेन्सी । पछिल्लो समय बलिउडमा सफलताको सिंढी चढ्दै गरेका नायक विक्की कौशल आफ्नो प्राफेसनल मात्र नभएर पर्शनल लाइफका कारण पनि चर्चित छन् ।

लामो संघर्षपछि बलिउडमा स्थापित हुने क्रममा रहेका यि नायकले गत वर्ष ‘राजी’, ‘सन्जू’ र ‘उरी, द सर्जिकल स्ट्राइक’ जस्ता सफल फिल्ममा काम गरेसँगै यिनको व्यस्तता पनि ह्वात्तै बढेको छ ।

व्यस्तता बढेसँगै आफ्नो निजी जिन्दगीको लागि समय चाहिएको भन्दै उनले आफ्नो प्रेमिका हरलीन सेठीसँगको सम्बन्ध तोडेको खबर बाहिरिएको छ ।

पिंकभिला पत्रिकाले उल्लेख गरे अनुसार विक्की र हरलीनले केहि समयअघि आफ्नो सम्बन्धमा पूर्ण बिराम लगाएका हुन् । विक्की कौशल पछिल्लो समय सफलता चुम्दै गर्दा उनले कुनै उच्च स्तरको नायिकासँग डेटिङ गर्न चाहेको पनि उक्त पत्रिकाले दाबी गरेको छ ।

खबर अनुसार हरलीन अहिले आफ्नो सम्बन्धको कारण डिप्रेसनमा गएकी छिन् । विक्कीसँगको सम्बन्धले खुशी रहेकी हरलीनको लागि सम्बन्ध तोडिनुले चोट परेको बताइन्छ । ब्रेकअप हुनुअघि विक्की र हरलीनले यस विषयलाई धेरै नबढाउने र अरुको कुरा नसुन्ने भद्र सहमति गरेको दाबी गरिएको छ ।

हरलीन अहिले तनाबमा भएपनि छिट्टै नै आफुलाई सम्हाल्न सक्ने उनको नजिकका आफन्तलाई उद्दृत गर्दै पत्रिकाले उल्लेख गरेको छ ।

विक्की अहिले ‘तख्त’ फिल्ममा व्यस्त छन् । आलीया भट्ट, रणबीर सिंह, करीना कपूर, अनिल कपूर लगायतका स्टारहरु भएको यस फिल्मले बजारमा चर्चा बटुल्न शुरु गरिसकेको बताइन्छ ।   

 

ताजा खबर