शोषणमा परेकी थिइन् प्रियंका चोपडा !

२०७६ बैशाख ३ मंगलबार ११:५४:०० मा प्रकाशित


एजेन्सी । बलिउड र हलिउडमा पनि उत्तिकै चर्चित नायिका प्रियंका चोपडाले आफु युवा अवस्थामा हुँदा यौन हिंसाको शिकार भएको बताएकी छिन् ।

न्यूयोर्कमा आयोजित दशौं वार्षिक महिला सम्मेलनमा सहभागी हुने क्रममा आफ्नो पिडाको बारेमा खुलासा गरेकी हुन् । उक्त कार्यक्रममा प्रियंकाले महिलाहरुमाथी यौन हिंसा हुनु नियमित जस्तै भएको बताइकी थिइन् । अहिले महिलाहरुले एक अर्कालाई साथ दिएका कारण कसैले चुप राख्न भने नसक्ने उनले बताइन् ।  

गत वर्ष बलिउडबाट शुरु भएको मीटू अभियानको क्रममा धेरै नायिका, पत्रकारहरुले आफुमाथी भएको यौन शोषणको बारेमा खुलासा गरेका थिए ।

बलिउडका नायक, निर्देशक, वृद्ध कलाकार देखि पत्रकारहरुको समेत यहि अभियानका कारण समाजमा नकारात्मक छवि बनेको थियो ।

नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथी यौन हिंसाको आरोप लगाएसँगै मीटू अभियानले व्यापकता पाएको थियो । सो क्रममा पाटेकर लगायत, साजिद खान, आलोक नाथ, विशाल बेल लगाएतका नाम चलेका हस्ती विवादमा मुद्दिएका थिए ।

त्यस्तै हिन्दुस्तान टाइम्समा कार्यरत नेपालका पत्रकार प्रशान्त झाले पनि सहकर्मी महिलालाई विवाहित रहेपनी पट्याउन खोजेको कुरा बाहिरिएको थियो । उक्त विवाद बाहिर आएसँगै उनले जागिरबाट राजिनामा नै दिनु परेको थियो ।

प्रियंकाले आफु पनि युवा अवस्थामा हुँदा शोषणमा परेको बताउँदै अहिले आफ्नो कुरा राख्दा एक्लो नभइने बताइन् । यसअघि भने आफ्नो कुरा कसैले सुन्ने नगरेको अवस्था अहिले परिवर्तन भइसकेको उनको कथन थियो । सोही कारणले आफुलाई परेको पिडा बताउँदा आफुलाई लाज नलागेको उनले बताइन् ।

 

 

ताजा खबर