यसकारण आलीयाले भारतमा भोट हाल्न पाउँदिनन्

२०७६ बैशाख २ सोमबार १३:२२:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा पछिल्लो समय हिट फिल्महरु दिइरहेकी नायिका आलीया भट्ट मिडियाको केन्द्र विन्दुमा छिन् ।

पत्रकारहरुले उनलाई हरेक विषयमा उनको रायहरु माग्ने गरेपनि उनले केहि विषयमा भने मौन रहने गरेकी छिन् । स्टार परिवारमा हुर्केकी आलीयाले पछिल्लो समय भने भारतमा हुने लोकसभा चुनावमा आफुले भोट नहाल्ने कारण खुलाएकी छिन् ।

नायिका आलीयाले भारतीय भएपनि बेलायती पासपोर्ट धारी भएको कारण भारतमा उनले मत जाहेर गर्न नपाउने बताएकी छिन् ।

सन् २०१४ को निर्वाचन अघि पनि उनलाई भोटको बारेमा सोध्दा उनले आफ्नो पासपोर्टको कारण भोट गर्न नपाउने बताएकी थिइन् । उक्त बेला आलीयाले अर्को चुनावमा भने आफुले भोट हाल्ने बताएकी थिइन् ।

उनले आफुले दोहोरो नागरिकता लिने बताएकी थिइन् । भारतमा दोहोरो नागरिकता दिने प्रचलन हाल सम्म शुरु भएको छैन ।

आलीया भारतीय मुलकी भएर पनि बेलायतको पासपार्ट लिइ प्राविधिक रुपमा बेलायती नागरिक बनिरहेकी छिन् । तथापी उनको कर्मथलो भने भारत नै हो ।

पछिल्लो समय ‘गल्ली ब्वाय’ र ‘राजी’ जस्तो सफल चलचित्रमा काम गरेकी आलीयाको ‘कलंक’, ‘ब्रम्हास्त्र’ र ‘आरआरआर’ जस्तो ठुलो चलचित्रहरु आउने क्रममा रहेको छ ।

 

ताजा खबर