को हुन् एचबीएन किस्मत

२०७५ चैत २९ शुक्रबार १६:१९:०० मा प्रकाशित

काठमाडौं । एउटा राम्रो गीत स्रोता/दर्शकसम्म आईपुग्दा त्यसमा धेरैको मिहिनेत परेको हुन्छ । एउटा गीत तयार हुनका लागि शब्द, सङ्गीत, एरेञ्ज, स्वर, रेकडिस्ट (साउण्ड इञ्नियर)लगायतका थुप्रै व्यक्तिहरु संलग्न रहेका हुन्छन् । पर्दामा गायक मात्रै देखिए पनि पर्दा पछाडि रहेर काम गर्नेहरुको त्यतिकै मिहिनेत रहेको हुन्छ । एउटा राम्रो गीतका लागि पर्दामा देखिने गायक र पर्दा पछाडि रहेर मिहिनेत गर्ने सबैको परिश्रमले राम्रो गीत स्रोता÷दर्शकसम्म आइपुग्छ । यस्तै पर्दा पछाडि रहेर आफ्ना क्रिएशन पस्किरहेका छन् एचबीएन किस्मत ।

काठमाडौंलाई कमर्थलो बनाएर रेकडिस्ट अर्थात साउण्ड इञ्नियरको कार्यमा आफूलाई अब्बल सावित गरिरहेका छन् एचबीएन किस्मतले । आफ्नो सानै देखिको रुचिले अहिले यो स्थानमा पुग्न सफल भएको बताउने किस्मत सानो छँदा देखि नै लाइभ बाजा बजाउन निक्कै मन परेको सुनाए । ‘मैले बाँसुरी र मादलहरु बजाउँथे २०६८ मा एसएलसी दिएपछि अझ म यो क्षेत्रमा हेलिँदै आएँ’, उनी भन्छन् ।

एरेञ्जर, कम्पोजर आशिष अविरल एचबीएन किस्मतको मामा । अविरलको मार्गनिर्देशनले उनलाई यसक्षेत्रमा अझ सजिलो भयो आफ्ना क्रिएशनहरु पस्किनका लागि । आशिषको भाञ्जालाई काठमाडौं ल्याउनु पर्छ राम्रो रेकर्डिस बनाउँछु भन्ने सोच रहेछ । सानै देखि नै यही क्षेत्रमा आफ्नो रुचीको क्षेत्र भएकाले पनि एचबीएन किस्मत काठमाडौं आए र यही क्षेत्रमा संघर्ष गर्न थाले ।

उनी काठमाडौं त आए यही क्षेत्रमा संघर्ष गर्न थाले । तर, स्टुडियोमा काम गरेर घरखर्च चलाउन गाह्रो भयो । उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । दुई वर्ष जति उनले दुबई गएर काम गरे । त्यहाँ दुई वर्ष काम गर्दा पनि म्युजिकलाई छोड्न सकेनन् ।    

नेपाल फर्किपछि उनले यसै क्षेत्रलाई निरन्तरता दिए । अध्ययन गरेको आएको सिपलाई पस्किन थाले । बरिष्ठ साण्उड इञ्नियर प्रदीप उपाध्यायसँग पनि यस सम्बन्धि अध्ययन गरेका उनी आशिस अविरलसँग पनि धेरै सिकेका बताउँछन् । ‘अहिले पनि सिक्दै छु’, उनी भन्छन् ।

अहिलेसम्म दुईसय पचास भन्दा बढी गीतमा मिक्सिङको कार्य गरेका उनका माया लुकी लुकी, सालको पातको टपरी,  कर्के नजर, लालु मै, गोप्य कुरा, मेरो हजुर–३का सबै गीत, ओ सानी, तिमी नै मेरो सास हौ, मिठो मिठोजस्ता थुप्रै गीत दर्शक÷स्रोताको रोजाइमा परेका छन् । म यो क्षेत्रमा निरन्तर छु, अझ धेरै गर्न बाँकी छ भन्ने उनी ‘यसमा अन्तर्राष्ट्रिय सफलताको पर्खाइमा छु अवश्य त्यो दिन चुम्ने छु’, भन्छन् ।  

ताजा खबर