आलीया विरुद्ध कंगनाको यस्तो अभिव्यक्ती

२०७५ चैत २९ शुक्रबार १२:४७:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा राम्रो काम गरेर मात्र चर्चित भइँदैन, यसको लागि विवादास्पद भनाइहरु दिनुपर्ने मान्यता राख्ने नायिका कंगनाका रनौट यस्तै कामले फेरी चर्चामा आएकी छिन् ।

सामान्यतया अरुले आफुलाई सम्मान दिनुपर्ने भनाइ राख्ने गरेपनी यो पटक कंगनाले अर्काको बारेमा आफ्नो भनाइ राख्दै चर्चित भएकी छिन् ।

मनोरञ्जन समाचारमा केन्द्रित वेबसाइट बलिउड लाइफले एक मत सर्वेक्षण लिएको थियो । उक्त सर्वेक्षणमा सन् २०१९ मा उत्कृष्ट काम गर्ने महिला कलाकारको विषयमा दर्शकको मत मागिएको थियो । कंगनाले मणिकर्णिकाको लागि सर्वाधिक ३७ प्रतिशत मत प्राप्त गरिन् । आलीयाले भने ३३ प्रतिशत मतका साथ दोश्रो स्थान हासिल गरेकी थिइन् ।

कंगनाले सोही विषयमा कुरा गर्दै ‘गल्ली ब्वाय’ फिल्ममा आलीयाको अभिनय औसत मात्र रहेको बताएकी छिन् । अन्तर्वार्ताको क्रममा उनले आलीया राम्रो अभिनय गर्ने मान्छे नै नभएको बताएकी हुन् ।

उनले ‘गल्ली ब्वाय’ मा त्यस्तै कुनै उच्च स्तरको अभिनय नगरेको र यसले आफु लज्जित महसुस गरिरहेको बताइन् । उनले आलीयाको फिल्मी चरित्रलाई विशेष नभएर मात्र एउटा ‘चोथाले केटी’ भएको र उक्त केटी अन्य फिल्महरुमा पनि आउने गरेको बताएकी छिन् ।

आलीयालाई साहसी महिला, राम्रो अभिनय गर्ने व्यक्ती र महिला शसक्तीकरणको लागि काम गरेकी नभन्न उनले आग्रह गरेकी छिन् । आलीयालाई यि सबै पदवी दिने काम मिडियाले गरेको उनले बताइन् ।

मिडियालाई स्टारहरुका सन्तान प्रति विशेष लगाव रहेकोले यस्तो भएको धारणा उनले राखेकी छिन् । औसत अभिनयलाई बढाइ चढाइ गर्दा अभिनयको स्तर कहिल्यै बढ्न नसक्ने पनि उनले दाबी गरिन् ।

कंगनाले आलीया विरुद्ध अभिव्यक्ति दिएको यो पहिलोपटक भने होइन । रणबीर कपूर, आलीया देखि लिएर अमिताभ बच्चनलाई समेत कंगनाले आफ्नो रिसको शिकार बनाइसकेकी छिन् ।

आफुलाई स्पष्टवक्ता भन्न रुचाउने कंगना अहिले फिल्म ‘मेन्टल हे क्या’ मा व्यस्त छिन् ।

 

ताजा खबर