तस्विरमा पोखराको सुन्दरता

२०७५ चैत २८ बिहीबार १०:४६:०० मा प्रकाशित

प्रकृतिको सुन्दरता नजिकबाट हेर्न चाहने तथा सहजै हिमाली क्षेत्रको आनन्द महसुस गर्नेको लागि पोखरा एउटा प्रमुख गन्तव्य हो ।

हिमालको दृश्यावलोकनका बाहेक स्थानीय सत्कारका साथै फेवा, बेगनास, रुपा, गुदे र खास्टे जस्ता तालहरुले पनि पोखराको सुन्दरता बढाएको छ भने डेभिस फल्स, महेन्द्र गुफा जस्ता आकर्षणले पनि पोखरालाई थप लोभलाग्दो बनाएको छ ।

काठमाडौंबाट करिब २ सय किलोमिटरको दुरीमा मात्र रहेको कारण पनि यहाँ पुग्न सहज रहेको छ । पोखरा पुग्न सडक मार्ग तथा हवाइ मार्ग दुबै विकल्प रहेको छ ।

पोखराकै सराङकोटबाट देखिने सुर्योदयको दृश्य देखि त्यहाँ उपलब्ध प्याराग्लाडिङ, वाटर बलिङ, स्ट्याण्ड अप प्लाडलिङ, जिप लाइनिङ जस्ता अन्य साहसिक खेलले पनि पोखरालाई पर्यटकको छनौटमा पारिरहेको छ ।

 

 

ताजा खबर