लफडामा प¥यो सलमान खानको ‘दबंग ३’

२०७५ चैत २७ बुधबार १२:३४:०० मा प्रकाशित

एजेन्सी । बलिउडका स्टार सलमान खानको हिट फिल्मको सिक्वेल ‘दबंग ३’ लफडामा परेको छ ।

फिल्म शुटिङको लागि मध्यप्रदेशको मान्डु स्थित ऐतिहासिक जल महलमा बनाएको फिल्मको शेटको कारण उक्त लफडा परेको थाहा भएको छ । भारतीय पुरातत्व सर्वेक्षण विभागले उक्त शेट हटाउन आग्रह गर्दै पत्र पठाएको छ ।

विभागका अनुसार उक्त फिल्म शेट पुरातत्व स्थल र अवशेष अधिनियम १९५९ को नियम विपरित निर्माण भएकोले तत्कालै हटाउन भनिएको छ । आदेश नमानेको खण्डमा त्यस क्षेत्रको शुटिङ नै रद्द गरिने बताइएको छ ।

त्यस्तै नर्मदा नदीको किनारामा बनाएको फिल्मको शेटको कारण एउटा प्राचीन मूर्तीमा पनि क्षति पुगेको बुझिएको छ । सोही कारण पनि विभागले ‘दबंग ३’ को निर्माण टोलीलाई पत्र काटेको बताइन्छ ।

यस घटनामा मध्य प्रदेशका संस्कृति मन्त्री विजयलक्ष्मी साधोले आपत्ती जनाएकी छिन् । उनले आफुले शुटिङ क्षेत्रको निरिक्षण गर्ने र खबरमा जस्तो प्राचीन सम्पदामा क्षति पुगेको पाइएमा कारबाही गर्ने बताएकी छिन् ।

‘दबंग ३’ मा फेरी एकपटक सलमान खान र सोनाक्षी सिन्हाको जोडी देखिने भएको छ । फिल्मको निर्देशन चर्चित डान्सर प्रभु देवाले गर्दैछन् ।

पहिले पनि लफडामा परेको थियो फिल्म

यसअघि पनि ‘दबंग ३’ लफडामा परेको थियो । फिल्मको शुटिङसँग सम्बन्धीत एउटा भिडियो भाइरल भएसँगै फिल्म विरुद्ध सामाजिक संजाल तातेको थियो ।

उक्त भिडियोमा देखिएअनुसार फिल्मको शुटिङको क्रममा शिवलिङ्गमाथी एउटा काठको खटिया राखिएको थियो र त्यहाँ एकजना मानिस बसेको र शिवलिङ्ग तिर खुट्टा तेर्साइएको थियो ।

यसको तिव्र विरोध हुन थालेपछि उक्त खटिया हटाइएको थियो  र सलमान माफी माग्दै गल्ती स्वीकारेका थिए । उनले आफु पनि शिवभक्त भएको बताएका थिए ।

 

ताजा खबर