युट्युबमा ‘ब्ल्याकपिङ्क’ को यस्तो कीर्तिमान

२०७५ चैत २६ मंगलबार ११:१६:०० मा प्रकाशित

एजेन्सी । के–पप ब्याण्ड ‘ब्ल्याकपिङ्क’ ले आफ्नो गीत ‘किल दिस लभ’ गीत रिलिज गरेको २४ घण्टामै ५ करोड ६७ लाख पटक हेरिने कीर्तिमान कायम गर्दै चर्चा बटुलेको छ । गीतले यसअघि रिलिज भएको पहिलो दिनमा ५ करोड ५४ लाख पटक हेरिएको एरीयाना ग्राण्डको गीत ‘थ्यांक यू, नेक्सट’ को कीर्तिमान तोडेको हो ।

रिलिज गरेको तीन दिन नहुँदै १० करोड पटक हेरिएपछि यसले थप कीर्तिमान पनि बनाएको छ । गीतले अर्का कोरियाली गायक साइको ‘जेन्टलम्यान’ को छिटो १० करोड पटक हेरिएको कीर्तिमान पनि तोडेको तोडेको छ ।

‘ब्ल्याकपिङ्क’ को यो पहिलो गीत भने होइन । यहि वर्षको शुरुवातमा रिलिज गरिएको म्युजिक भिडियो ‘डु डु डु डु’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिएको के–पप गीत बन्न सफल भएको थियो । उक्त गीत ७० करोड पटक हेरिएको थियो ।

हालसम्म साइको गीत ‘गंगम स्टाइल’ ३ अर्ब पटक हेरिइँदै सबैभन्दा बढि पटक हेरिएको कीर्तिमानमा पहिलो स्थान ओगटेको छ ।

ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम ‘स्क्वायर वन’ निकालेको थियो। तीन सदस्य रहेको यस के–पप ब्याण्ड सन् २०१६ बनेको हो । समूहमा जिस, लोझे र जेनी लिसा सदस्य रहेका छन् ।

 

 

ताजा खबर