ठुलो फिल्म हात पारिन् मानुषी छिल्लरले

२०७५ चैत २५ सोमबार १३:२०:०० मा प्रकाशित


एजेन्सी । पूर्व मिस इन्डिया मानुषी छिल्लरले बलिउडमा ‘डेब्यू’ गर्ने चर्चा अहिले ह्वात्तै चुलिएको छ ।

चर्चित रहेकी मानुषीले यशराज फिल्मस ब्यानरमा रणबीर सिंहसँग काम गर्ने पक्का भएको बताइएको छ । ठुलो ब्यानरको रुपमा चर्चित यशराज फिल्मसले मानुषी र रणबीरलाई उक्त फिल्मको लागि लिइसकेको दाबी गरिएको छ ।

पछिल्लो समय एक विज्ञापनमा मानुषी र रणबीर देखिएका थिए । यि स्क्रीन जोडीलाई धेरैले मन पराएका कारण पनि यशराज फिल्मसले सँगै फिल्ममा लिएको बताइन्छ । फिल्मको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

बलिउड हंगामाको अनुसार मानुषी बलिउडमा आउने पक्का भएपनि उनको ‘डेब्यू’ भने निर्देशक फराज खानको फिल्ममा हुने बताइएको छ । फराहले निर्देशन गर्ने उक्त फिल्ममा रोहित शेट्टीले लगानी गर्ने भएका छन् । यस फिल्मको नाम पनि बाहिर ल्याइएको छैन ।

पछिल्लो समय रणबीर हिट फिल्महरुमा देखिएका छन् भने अन्य फिल्ममा पनि व्यस्त छन् । त्यस्तै मानुषी पनि विभिन्न प्रोजेक्टहरुमा व्यस्त रहेको बताइएको छ ।

 

ताजा खबर