तस्विरमा यस्तो देखिन्छ रारा ताल

२०७५ चैत २५ सोमबार १२:१६:०० मा प्रकाशित

समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा ताल मुगु जिल्लामा पर्दछ ।

मुगु जिल्लाको सदरमुकाम गमगढिबाट करीब ३ घण्टा हिडेपछि रारातालको अद्भुद सुन्दरतासँग साक्षात्कार गर्न पाइन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफल भएको रारा तालको गहिराई १६७ मिटर रहेको छ ।

जेठ देखि असोज महिनासम्म यस क्षेत्रमा फुल्ने फुलहरुले रारालाई दुलही झैं सुन्दर बनाउने गरेको छ । यस क्षेत्रमा घुम्नको लागि असोज देखि वैशाखसम्मको अवधिलाई उत्तम मानिन्छ ।

रारा यात्राको लागि जुम्लासम्म हवाइमार्गबाट गइ त्यहाँबाट यात्रा सुरु गर्न सकिन्छ । त्यसको लागि पहिलो दिन जुम्ला देखि पदमारासम्मको ट्रेकिङ गर्दा उपयुक्त हुन्छ । सो क्रममा देखिने स्थानीय सुन्दरता मनमोहक नै हुन्छ ।

दोश्रो दिन पदमाराबाट बुमारा, तेश्रोमा बुमराबाट पीने, अनि चौथो दिनको हिंडाइले पीने बाट रारा तालसम्मको यात्रा गर्दा उपयुक्त हुन्छ । यति दुख गरेर गएको रारामा कम्तिमा एक दिन बास बस्नु सुखद हुन्छ ।

फर्किने क्रममा राराताल बाट घोरसाइने, सिन्जा, चेरे चौर हुँदै चार दिनको हिंडाइमा जुम्ला आउन सकिन्छ । त्यहाँबाट हवाइ मार्ग हुँदै नेपालगंज अनि काठमाडौं फर्किन सकिन्छ ।

 

ताजा खबर