यस्तो छ जोनको चाहना

२०७५ चैत २५ सोमबार १२:१३:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सुन्दर नायकको सूचीमा दरिएका जोन अब्राहम पछिल्लो समय फिल्म बाहेक पनि अन्य विभिन्न कामहरुमा व्यस्त रहेको बताइन्छ ।

विभिन्न किसिमका रोलमा काम गरेका यि स्टारले आउँदो दिनमा कुनै रोमान्टिक फिल्ममा काम गर्ने इच्छा रहेको बताएका छन् ।

थुप्रै फिल्ममा काम गरिसकेका जोनले विभिन्न भुमिकामा काम गरेपनि हालसम्म उनी कुनै नायिकासँगको जोडीको रुपमा चल्न भने सकेका छैनन् । ‘ट्याक्सी नं ९२११’ फिल्ममा काम गर्दा उनको र नाना पाटेकरको जोडी चम्क्यो । ‘दोस्ताना’ फिल्ममा नायिका प्रियंका चोपडा भएपनि उनको र अभिषेकको जोडीलाई दर्शकले मन पराए । त्यस्तै ‘गरम मसला’ फिल्ममा तीनजना नायिका भएपनी उनको केमेष्ट्री अक्षय कुमारसँग जमेको थियो ।

यस्तोमा यि नायक अबको दिनमा कुनै नायिकासँग आफ्नो जोडी चल्ने गरी बनेको रोमान्टिक फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

उनले आजसम्म काम गरेको लभ स्टोरीहरुमा नायिकासँग भन्दा अर्का नायकसँगको ट्यूनीङ मिल्ने कथावस्तु मात्र भएको कुरा हाँसो लाग्दो रहेको पनि बताए ।
अबका दिनमा नायिकासँग नै जोडी जम्ने गरी कुनै लभ स्टोरीमा काम गर्दै नाम चलेको जोडी बन्ने इच्छा रहेको उनले खुलासा गरे ।
 

ताजा खबर