कंगना रनौट उत्कृष्ट अभिनेत्री भएको करन जोहरको स्वीकारोक्ती

२०७५ चैत २४ आइतबार १६:३९:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा सम्बन्ध बिग्रन र सुध्रन खासै बेर लाग्दैन भन्ने तथ्य पछिल्लो घटना क्रमले पुनः पुष्टी गरेको छ ।

चर्चित फिल्म निर्देशक करन जोहर र कंगना रनौटको आपसी सम्बन्ध तिक्ततापूर्ण रहेकै अवस्थामा जोहरले कंगनालाई उत्कृष्ट अभिनेत्री हुन् भनेका छन् ।

केहि पहिले कंगनाले करन जोहरलाई ‘फिल्मको माफिया’ र ‘झण्डावाल अति–आफन्तवादी’ भनेपछि यि दुईबिच सम्बन्ध कमजोर बनेको थियो । कंगनाले बलिउडका नाम चलेका घरानालाई ज्यान फालेर प्रबद्र्धन गर्ने र अरुलाई अघि आउन नदिने काम गरेको भन्दै उनको घोर आलोचना गरेकी थिइन् ।

उनको आलोचनाले मिडिया तातेपछि करनले पनि कटाक्ष मार्फत् कंगनालाई जवाफ दिने गरेका थिए ।

बेला बेलामा यि दुई बिच कटाक्षको आदान प्रदान हुने गरेकोले पनि यिनिहरुको सम्बन्ध एक आपसमा राम्रो हुन सकेको थिएन ।

यि दुईको सम्बन्धमा बलिउड फिल्म जस्तै अनपेक्षित ‘ट्वीस्ट’ आएको छ । पछिल्लो एक अन्तर्वार्तामा करनले कंगनाको प्रशंसामा थुप्रै शब्द खर्चेपछी यि दुईको सम्बन्ध सुध्रन लागेको आँकलन गरिएको छ ।

कंगनाको लागि फिल्म निर्देशन गर्न चाहनु हुन्छ र यसको लागि कत्तिको सहज लाग्छ  भन्दै अपूर्व मेहताले सोधेकोमा करनले आफुले सो काम चाहने भनेका छन् । कंगना उत्कृष्ट अभिनेत्री मध्ये एक भएको र उनीसँग आफुले फिल्ममा काम गर्न चाहेको उनले बताए ।

यसरी करनले कंगनाको प्रशंसा गरेपछि भारतीय मिडियामा ठुलो चर्चा भएको छ ।

यसरी तिक्ततापूर्ण सम्बन्ध हुँदै सुमधुरको दिशामा लागेको यो पहिलो सम्बन्ध भने होइन । यसअघि पनि शाहरुख खान र अभिताभ बच्चन, शाहरुख खान र सलमान खान, सलमान खान र कपिल शर्मा जस्ता धेरै घटनाहरु भइसकेका छन् ।

 

ताजा खबर