वर्ल्डलिंक सेवा अब नयाँ बानेश्वरमा

२०७४ भदौ १ बिहीबार १६:४७:०० मा प्रकाशित

काठमाडौं, १  भदौ । इन्टरनेट सेवा प्रदायक कंपनी वर्ल्डलिंकले ग्राहकको माग अनुसार बिहीबार नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
नयाँ शाखा विस्तार पछि ग्राहकले वल्र्डलिङकसँग सजिलै सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्ने वर्ल्डलिंकले जनाएको छ ।

यसका साथै देशका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसले सजिलै वर्ल्डलिंकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने पनि बताईएको छ । यसबाट कम्पनी र सर्वसाधरण दुबैलाई फाइदा पुग्ने प्रारम्भिक अनुमान रहेको छ । वर्ल्डलिंकले १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराउने बताएको  छ । यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने भएको छ ।

हालमा वर्ल्डलिंकको ६ वटा शाखा काठमाडौँ भित्र र २१ वटा शाखा काठमाडौं बाहिर छन् ।  

ताजा खबर