सलमान खानकी प्रेमिका बलिउडमा ‘डेब्यू’ गर्दै

२०७५ चैत २४ आइतबार १२:३०:०० मा प्रकाशित

एजेन्सी । सलमान खानकी प्रेमिका इयूलीया वन्तुरले अन्ततः बलिउड फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

रोमानियाकी चर्चित मोडल वन्तुरले यसअघिनै फिल्म ‘राधा क्यों गोरी, मे क्यूं काला’ मा डेब्यू गर्ने चर्चा चलेपनि फिल्मकी निर्माता प्रेरणा अरोरा ठगीको आरोपमा पक्राउ परेपछि फिल्म अनिश्चीत भएको थियो ।

गत अक्टोबरमा प्रेरणा यस्तो घटनामा मुछिएपछि फिल्मको भविष्य अन्यौल भएपनि हाल नयाँ टोलीले फिल्ममा लगानी गर्ने भएपछि फिल्म बन्ने निश्चीत भएको हो ।

मुम्बई मिररले उल्लेख गरे अनुसार निर्देशन प्रेम सोनी, कशिष खान र ओम प्रकाश भट्टले फिल्ममा लगानी गर्ने भएका छन् । फिल्मको कथावस्तु उहि भएपनि नाम भने परिवर्तन गरिएको बताइएको छ । हाल उक्त फिल्मको नाम ‘मोह मोहके धागे’ राखिएको बताइन्छ ।

नयाँ निर्माता टोलीका सदस्य मध्ये एक प्रेम सोनीले फिल्मको अधिकार आफुसँग रहेको र अधिकारको विषयमा प्रेरणा अरोराको कुनै अधिकार तथा दायित्व नभएको बताएका छन् ।

फिल्ममा इयूलियाको साथ जिम्मी शेर्गिल रहने बताइएको छ ।

समाचारको अनुसार इयूलियाले फिल्ममा कृष्णको भक्तिनीको भुमिकामा देखिने छिन् । फिल्मको केहि पाटो यूरोपमा खिचिने र अधिकांस भाग भने भारतको मथुरामा खिचिने बताइएको छ ।

 

ताजा खबर