अमिताभ बच्चनको ‘जासूसी’ गर्न चाहिन्छन् विद्या बालान

२०७५ चैत २४ आइतबार ११:५५:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायिका विद्या बालान जिवन्त अभिनयका कारण सधैं चर्चामा हुन्छिन् । चल्तीका अन्य नायिका भन्दा पृथक परिचय बोकेकी विद्याको फिल्मको चरित्रलाई न्याय गर्ने प्रवृत्तिले उनको फ्यान फलोइङ उल्लेख्य रहेको छ ।

उनी मिडियासँगको कुराकानीको क्रममा पनि सहज हुने तथा मजाक गर्दै बोल्ने गर्नाले उनलाई मिडियाले पनि प्रिय नायिका मानेको छ । पछिल्लो समय कुराकानीको क्रममा उनले यस्तै रमाइलो कुरा गरेकी छन् ।

एक अन्तवार्ताको क्रममा विद्यालाई मौका पाएको खण्डमा कसको जासूसी गर्नुहुन्छ भन्ने प्रश्नमा उनले महानायक अमिताभ बच्चनको नाम लिएकी छिन् ।

फिल्म ‘पा’ मा बच्चनकी आमा बनेकी विद्याको भनाइअनुसार बच्चन सधैं एउटै भावमा रहन्छन् । आफ्नो भाव कायम राख्न उनले कहिल्यै आफुलाई वास्तविक भावना अनुसार व्यक्त गर्ने नगरेको विद्याले बताएकी छिन् ।

यस्तोमा बच्चनको जासूसी गरी उनको बारेमा सबै थाहा पाउन मन लागेको उनले बताएकी छिन् । उक्त रमाइलो अन्तर्वार्तामा विद्याले रमाइलोसँग यस्तो कुरा गरेकी थिइन् ।

उनले अझै आफुलाई श्रीदेवीको बारेमा पनि जासूसी गर्न मन लागेको तर अब त्यो सम्भव नरहेको उनले बताइन् ।

 

ताजा खबर