हलिउड निर्देशकलाई यस्तो सत्कार

२०७५ चैत २२ शुक्रबार १२:२४:०० मा प्रकाशित


एजेन्सी । चर्चित हलिउड निर्देशक जो रुसो अहिले आफ्नो फिल्म ‘एभेन्जर्स : इन्डगेम’ को प्रबद्र्धनमा व्यस्त छन् । सोही फिल्मको बजार बढाउन भारतमा आएका उनलाई त्यहाँ गरेको सत्कारले मिडियामा चर्चा पाएको छ ।

रुसोलाई एउटा ठुलो थालीमा अंग्रेजी अल्फाबेटको ए लेखिएको आकारमा सजाएर ठुलो थालीमा खाना दिइएको थियो । उक्त थाली देखेपछि केहि समयको लागि उनी अवाक् परेको बताइएको छ ।

रोटी र पापडका साथ १६ थरी तरकारीका परिकारहरु साथ उनलाई दिइएको उक्त खाना उनले मजाका साथ खाएको थाहा भएको छ ।

रुसोको एभेन्जर्स सिरिजको यो अन्तिम भाग हो । सोही कारण पनि दर्शकहरु यस फिल्मको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यसअघिका सिरिजहरु पनि

विश्वभरीका दर्शक माझ लोकप्रिय रहेको थियो भने यसलाई पनि उत्तिकै हिट बनाउन निर्माण टोली लागि परेको छ ।

हलिउडको ठुलो बजार मानिने एशिया क्षेत्रको भ्रमणमा रहेको यो टोलीले भारतमा अपेक्षाकृत सफलता पाएको बताइन्छ ।

 

ताजा खबर