नायिका परिणीति चोपडाको यस्तो मेहनत

२०७५ चैत २१ बिहीबार १३:१८:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायिका परिणीति चोपडा पछिल्लो समय ब्याडमिन्टन खेलको लागि तल्लिन भएकी छिन् । यसरी ब्याडमिन्टन खेल्नु उनको शोख नभइ फिल्मको तयारी रहेको थाहा भएको छ ।

परिणीतिले भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको जिवनीमा आधारित फिल्ममा काम गर्ने पक्का भएपछि उनी यसरी खट्टीएको बताइन्छ ।

नायिकाको रुपमा आफ्नो हरेक भुमिकालाई न्याय गर्न खप्पिस नायिका परिणीति यस फिल्मको लागि पनि कुनै कसर नछोड्न यसरी लागेको बुझिएको छ ।

बिहान ५ बजे नै उठेर उनी ब्याडमिन्टन अभ्यासको लागि जाने गरेको र २ घण्टा सम्म त्यहाँ अभ्यास गर्ने गरेको भारतीय मिडिया उल्लेख गरेका छन् । एक दिन बिराइ उनले यो कार्यलाई ४ महिनासम्म निरन्तरता दिने बताइएको छ ।

नायिका प्रियंका चोपडाकी बहिनी परिणीतिले यो फिल्ममा काम गर्ने पक्का भएदेखि नै लागिपरेकोबाट फ्यानहरुले उनको तारिफ गरेका छन् ।

साइनाको यस बायोपिकमा यसअघि श्रद्धा कपूरलाई उक्त भुमिका दिइएकोमा श्रद्धाले कार्य व्यस्तता देखाइ यस फिल्ममा काम नगर्ने बताएपछि परिणीतिलाई प्रमुख भुमिकाको लागि छानिएको बताइन्छ ।

परिणीतिको हालसालै रिलिज भएको फिल्म ‘केसरी’ ले राम्रो गरिरहेको छ । अक्षय कुमार नायक रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको बुझिएको छ । त्यस्तै उनको अन्य फिल्महरु ‘सन्दीप और पिंकी फरार’ र ‘जबरिया जोडी’ निर्माणको क्रममा छन् ।  

 

ताजा खबर