पेट ठुलो देखिनुको कारण खोलिन् रोनाल्डोकी प्रेमिकाले

२०७५ चैत २१ बिहीबार ११:५०:०० मा प्रकाशित

एजेन्सी । करिब १७ महिना अघिमात्र छोरीलाई जन्म दिएकी जर्जीना रोड्रिगेजले आफु गर्भवती नरहेको खुलासा गरेकी छिन् ।

युभेन्टसका फुटबर स्टार क्रिस्टियानो रोनाल्डोकी प्रेमिकाको पछिल्लो फोटोहरुलाई उद्दृत गर्दै केहि मनोरञ्जन विषयमा समाचार लेख्ने वेबसाइटहरुले जर्जीना गर्भवती रहेको दाबी गरेका थिए ।

समाचार आएसँगै सामाजिक संजालमा यसबारे चर्चा चलेपछि जर्जीनाले उक्त खबरको खण्डन गरेकी छिन् । उनले छोरीलाई जन्माएर अहिले स्वस्थ्य हुने क्रममै रहेकोले तत्कालै अर्को सन्तान पाउन नसक्ने बताएकी छिन् ।

स्पेनीस पत्रिका ‘ओला’ सँग कुरा गर्दै जर्जीनाले आफ्नो पेट ठुलो हुनुको कारण खोलेकी छिन् । उनले पास्ताले आफ्नो पेट बढेको बताउँदै भनिन््, ‘पछिल्लो पटक लगाताद ४ दिनसम्म एउटा प्लेनबाट अर्को प्लेन गर्दै हिड्नु प¥यो । उक्त समय मैले लगातार पास्ता खाएँ । ’

त्यस्तै आफु अहिले बच्चा पाउने अवस्थामा नरहेको बताउँदै उनले भनिन् , ‘म मानिस हुँ । मलाई मेरो हर्मोनले प्रभावित गर्छ । म पछिल्लो पटक गर्भवति हुँदाको अवस्थाबाट तंग्रिदै छु । ’

जर्जीना एक मोडल पनि हुन् । उनी इन्स्टाग्राममा लोकप्रिय छिन् । उनको फलोवरको संख्या नै ७।८ मिलियन रहेको छ ।

 

ताजा खबर