‘भद्रगोल’ को टोली ‘करोडपती’ मा

२०७५ चैत २० बुधबार १२:४८:०० मा प्रकाशित

काठमाडौं, २० चैत । नेपाली हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ को टोली ‘को बन्छ करोडपती’ को सेटमा पुगेका छन् । सेलिब्रेटी इपिसोड अन्तर्गतको उक्त शो आगामी साता टेलिभिजनमा हेर्न पाइने भएको छ ।

पछिल्लो समय नेपाली टेलिभिजनमा चर्चित बनिरहेको रियालिटी शो ‘को बन्छ करोडपती’ मा अर्को चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ को टोली पुगेर रमाइलो माहोल बनाएको बताइन्छ ।

‘भद्रगोल’ का कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’ ले राजेश हमालसँग ‘करोडपती’ कार्यक्रम खेलेको थाहा भएको छ ।

‘भद्रगोल’ को टोलीले यस कार्यक्रममा जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई दिने बताइएको छ ।

 

ताजा खबर