नशाले चुर भएकी नायिकाको यस्तो बबाल

२०७५ चैत १९ मंगलबार १२:५२:०० मा प्रकाशित

एजेन्सी । भारतीय नायिका रुही सिंहले सोमबार रक्सीको नशामा बबाल मच्चाएकी छिन् ।

‘क्यालेन्डर गल्र्स’ र ‘इश्क फरएभर’ जस्तो फिल्ममा काम गरिसकेकी नायिकाले बान्द्रा स्थित एक रेष्टुरेन्ट बाहिर तमाशा मच्चाएपछि प्रहरी आएका थिए । नशाले चुर भएको सुरमा प्रहरीमाथी नै हातपात गरेकी रुहीले मापसे गर्दै गाडी पनि चलाएको बताइएको छ ।

प्रहरीले रुहीका साथीहरु राहुल सिंह र स्वप्निल सिंहलाई पक्राउ गरेको छ । ति दुबै घटनाहुँदा रुहीको साथमै थिए । प्रहरीले हालसम्म रुहीलाई भने पक्राउ गरेको छैन ।
उनलाई प्रहरीले नोटिस भने जारी गरेको छ र उनको गाडीलाई कब्जामा लिएको छ ।

प्रहरीका अनुसार रुहीको साथ चार जना साथीहरु रहेको र उनीहरुले हातपात सुरु गरेको सीसीटिभीमा कैद भएको छ । ती मध्ये राहुल र स्वप्निललाई नियन्त्रणमा लिएको र बाँकि तीन जनालाई जान दिएको बताएको छ ।

प्रहरीको दाबी अनुसार गाडी नचलाउन भन्दा पनि रुहीले जबरजस्ती गाडी चलाएको र पार्किङमा रहेको अन्य गाडीलाई ठक्कर दिएको थियो । उक्त समय रुही रक्सीको नशामा चुर रहेको प्रहरीको भनाइ रहेको छ ।

 

ताजा खबर