बजारमा आयो पहाडीको नयाँ कृति

२०७५ चैत १९ मंगलबार १२:२६:०० मा प्रकाशित

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ । 
यसअघि प्रकाशित भैसकेका लेखहरुको सँगालो यो कृति समसामयिक बिषयहरुसँग सम्बध्द विश्लेषणहरु रहेका छन् ।

कृतिमा लेखक पहाडीले विभिन्न सन्दर्भमा यस्ता प्रश्नहरु गरेका छन्– ‘........किन यो समाजमा पटक–पटक राधाहरूको चीरहरण हुन्छ ? किन मीराहरू बलात्कृत हुन्छन् ? किन सीताहरूको अपहरण हुन्छ ? के यो समाज बौलाइसक्यो ? किन यो समाजमा ताराहरूको सतित्व हरण हुन्छ ? किन यो समाजमा सरस्वतीहरूलाई मानव मलमूत्र खुवाइन्छ ? किन यो समाजमा पार्वतीहरूलाई जिउँदै जलाइन्छ ......!’  

समाजका ८ जना सदस्यहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित १३२ पृष्ठको ‘पच्चीस आलेख’मा २०७४÷७५ मा विभिन्न सञ्चारमाध्यममा प्रकाशित पच्चीस वटा विशेष आलेखहरु रहेका छन् ।  ३०० रुपैंयाँ मूल्य रहेको पुस्तक विक्रीबाट प्राप्त रकम शान्ति समाजको अभियान तथा कार्यक्रमहरुमा खर्च गरिने बुझिएको छ ।
 

ताजा खबर