आलीया भट्टकी आमा पाकिस्तान जान चाहन्छिन्

२०७५ चैत १९ मंगलबार ११:४९:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्म उद्योगमा कतिपय सेलिब्रेटीको हरेक बोलीमा ‘वाह वाह’ हुने गरेको छ भने केहिलाई ‘फ्यान’ हरुले जे भनेपनि नकारात्मक टिप्पणी गर्ने गरेका छन् ।
यस्तै नकारात्मक टिप्पणीहरुको श्रृंखलाको शिकार भएकी छिन् , सोनी राजदान ।

६२ वर्षिय पूर्व नायिका सोनी बेलायतमा जन्मेकी भारतीय नायिका हुन् । उनको विवाह महेश भट्टसँग भएको थियो भने चर्चित नायिका आलीया उनकी छोरी हुन ।
पछिल्लो समय उनको फिल्म ‘नो फादर्श इन कश्मिर’ को प्रबद्र्धनात्मक कार्यक्रममा उनले दिएको टिप्पणी चर्चित भएको छ ।

उक्त कार्यक्रममा सोनीले आफुलाई जे बोलेपनि ट्रोलको शिकार बनाउने गरेको र देशद्रोही भन्ने गरेको भन्दै असन्तुष्टि पोखेकी छिन् ।

सोही कारण उनले आफुलाई कहिलेकाहीं पाकिस्तान गएर बस्दा खुशी भएर बस्न सकिने जस्तो लागेको पनि बताएकी छिन् । ट्रोलरहरुले आफुलाई पाकिस्तान जान भनेको सम्झँदै उनले भनिन् , ‘म आफ्नो खुशीले पाकिस्तान जान्छु । त्यहाँ खाना पनि मिठो पाइन्छ । ’

उनले पाकिस्तानको खाना मिठो भएपनि पाकिस्तानमा धार्मिक स्वतन्त्रता नभएकोले उत्कृष्ट देश बन्न नसकेको बताएकी छिन् । भारत पनि पूर्ण रुपमा हिन्दु राष्ट्र हुन नहुने भन्दै उनले सबै धर्मले स्थान पाउनुनै भारतको विशेषता भएको बताइन् ।

 

ताजा खबर