सोनाक्षीले आफ्नो बिहे बारे यसो भनिन्

२०७५ चैत १८ सोमबार १३:२७:०० मा प्रकाशित

एजेन्सी । नायिका सोनाक्षी सिन्हा ३१ वर्षकी भइसकेकी छिन् । बलिउडका अन्य नायक नायिकाहरु धमाधम विवाह बन्धनमा बाँधिने क्रममा रहेको बेला सोनाक्षीले पनि आफ्नो विवाह बारे बोलेकी छिन् ।

फिल्म ‘कलंक’ को प्रबद्र्धनको लागि गरिएको एक कार्यक्रममा सोनाक्षीले विवाह बारे बोल्दै आफुले वरुण धवन र आलीया भट्ट भन्दा पहिले विवाह गर्न चाहेको बताइन् ।

फिल्मको प्रबद्र्धनको लागि ‘सूपर डान्सर ३’ कार्यक्रममा सोनाक्षी, आलीया र वरुण पुगेका थिए । उक्त कार्यक्रमका संचालकले पहिले विवाह गर्ने को हो भनेर सोधेकोमा सोनाक्षीले आफ्नो नाम लिएकी थिइन् ।

मजाकी शैलीमा उनले आलीया र वरुण भन्दा पहिले आफुले विवाह गर्ने बताएपनी पछिल्लो समय उनी रिलेसनशीप रहेको खबर बाहिरिएको थियो । उनले उक्त हल्लालाई अहिलेसम्म औपचारिक रुपमा नकारेकी छैनन् ।

सोनाक्षीको यस्तो जवाफ आएपछि कार्यक्रमकी जज शिल्पा शेट्टीले केटाको नाम पनि भन्न आग्रह गरेकी थिइन् । उनको प्रश्न टाल्दै सोनाक्षीले आफु विवाह गर्न तयार रहेको र आफ्नो लागि असल केटा खोज्न सबैलाई आग्रह गर्दै उनको प्रश्न टारेकी थिइन् । उनी योग्य वरको खोजीमा रहेको पनि बताएकी थिइन् ।

उनको कुराले धेरैजनालाई आश्चर्यचकित पारेको थियो । मजाक जस्तो देखिएपनि उनको कथनमा सत्यता हुनसक्ने आँकलन गरिएको छ ।

सोनाक्षीको फिल्म ‘कलंक’ यहि अप्रिल महिनाको १७ तारिखमा रिलिज हुने तालिका रहेको छ । उक्त फिल्ममा सोनाक्षी, वरुण, आलीया, संजय दत्त, माधुरी दिक्षित र आदित्य रोय कपूरको भुमिका रहेको छ ।

 

 

 

ताजा खबर